पाल्पाको बगनासकालीमा तोडियो असारे विकास, जेठ १५ भित्रै सबै योजनाहरु फरफारक

पाल्पाको बगनासकालीमा तोडियो असारे विकास, जेठ १५ भित्रै सबै योजनाहरु फरफारक

तानसेन : पाल्पाको बगनासकाली गाउँपालिकामा विकासका सबै योजना जेठ १५ भित्रै फरफारक भएका छन्। बगनासकाली गाउँपालिकाले तर्जुमा गरेका आन्तरिक, प्रदेश तथा संघीय सरकारका साझेदारी योजनाको काम बैशाख १५ सम्म सक्काएर, जेठ १५ सम्म रकम प्राप्त भएका सबै भुक्तानी दिएको हो। 

योजनाका कामहरु सकिएकोले जनप्रतिनिधी, कर्मचारीहरु आगामी वर्षको वार्षिक बजेट, नीति, कार्यक्रम तथा योजना निर्माणमा जुटेका छन्। विषयगत शाखाका कर्मचारीहरु वार्षिक प्रतिवेदन निर्माणमा जुटेका छन्। 

गाउँपालिकाले ९ वटै वडाहरुमा एक वडा एक प्राविधिक परिचालन, वडा वडामै पुगेर योजनाहरु सम्झौता, वडाकै प्राविधिकहरुबाट योजनाहरुको अनुगमन मूल्याङकन जस्ता कामहरुले बैशाखभित्रै सबै योजनाहरुको काम सम्पन्न भएका हुन्।  सम्पन्न योजनाहरुको सम्पूर्ण विवरण वडा कार्यालय बाटै तयार पारेर गाउँपालिकामा भुक्तानीको लागी मात्र पेश गर्ने व्यवस्था मिलाएकोले उपभोक्ताहरुलाई पालिकाबाट भुक्तानीको लागि सहज भएको छ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा उपभोक्तासँग करिब ४ सय वटा योजना र ठेक्का पट्टाका १६ वटा योजना सञ्चालन गरेको जनाएको छ। उपभोक्तासँग सम्झौता भएको योजना चैत्र मसान्त भित्र सक्ने गरी सम्झौता गरिएको र र ठेक्का पट्टाकाका योजना बैशाख १५ भित्र सक्ने गरी सम्झौता भएकोले सोही अनुसार निर्धारित सम्झौता मितिमा सबै काम सकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले बताए।  ‘अहिले हामीलाई कुनै योजना समय सम्पन्न भएन भनेर चिन्ता छैन, योजनाका सबै काम सम्पन्न भएका छन्। विकासलाई दिर्घकालीन बनाउन असारे विकास सबै पक्षबाट रोकिनु पर्छ’प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने। 

जनप्रतिनिधि र कर्मचारीको तालमेलसँगै समयवाधि तोकेर काम गर्दा बगनासकाली गाउँपालिका जेठ १५ मा अधिकाश योजनाहरुको रकम भुक्तानी गर्ने देशभरीमा नमुना पालिका बनेको पालिका अध्यक्ष सरसस्वती चिदीले बताइन्।  गाउँपालिकाबाट असारे विकास रोकिएको छ, बर्षे भेलसँगै विकास बगाउने क्रम तोड्न सफल भएका छौँ, पालिकाको सुशासन तथा लिजा जस्ता मुल्यांकन पद्धतिमा पाल्पामै उत्कृष्ट भएको अध्यक्ष चिदीले बताइन्। पालिकाले वडा वडाबाट केन्द्रसम्म जोड्ने मुख्य सडक, वडा कार्यालय पुग्ने सडक, स्वास्थ्य चौकी, विधालय पुग्ने मुख्य सडकहरु कालोपत्रे गर्ने, ग्रावेल गर्ने, सडक फराकिलो बनाउने, सडकको घुम्ती, मोडहरुमा ढलान गर्ने जस्ता कामहरु लाई प्राथमिकता दिएर काम गरेको पालिका उपाध्यक्ष हरीप्रसाद पाठकले बताए। 

‘पालिकाभित्रका सबै योजनाहरुको सबै भुक्तानी उपभोक्ताहरुको खाता खातामा पुगिसकेको छ, प्रदेश र संघबाट आउने रकम समयमा नआएकोले केही योजनाको रकम मात्र उपभोक्तालाई दिन बाँकी रहेको छ’ लेखा प्रमुख कोशल प्रसाद पौडेलले भने। गाउँपालिकाको केन्द्र, संगै वडा नं. १, वडा नं २, वडा नं ३  वडा नं ७,  र वडा नं ९ गरी ५ वटा वडासम्म  पक्की सडक पुगेको छ भने वडा नं४, वडा नं ५, वडा नं६ र वडा नं ८  केन्द्रसम्म जाने सडकको स्तर उन्नती गरि १२ महिना सहज यातायात सञ्चालन हुँदै आएको छ।  

पालिकाको सेवा प्रवाहलाई चुस्तदुस्त बनाउन, पालिकाभित्र सुशासन कायम राख्न पालिकाभित्र देखिएका कमिकमजोरीहरु, सुधार गर्नुपर्ने कुराहरु भेटेर, सामाजिक सञ्जाल तथा, पालिकाको वेभसाईटमा राख्न  गाउँपालिकाले अनुरोध गर्दै आएको छ। बगनासकाली गाउँपालिकाले देशभरीमा चालु आर्थिक वर्षमा योजनाका कामहरु बैशाखभित्रै सक्काउने र जेठ १५ सम्म भुक्तानी गर्ने ७५३ पालिकामध्ये आफू पहिलोमा पर्ने दावी गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.