एमालेका संगठनलाई देश र जनताप्रति थप उत्तरदायी बनाउँदै लैजानुपर्छ : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सपार्नका लागि एमालेले विभिन्न जनसंगठनमार्फत योगदान दिइरहेको बताएका छन्। एमाले जनसंगठन समन्वय संयन्त्रले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले देश सपार्नका लागि विभिन्न ढंगले विभिन्न संगठनमार्फत योगदान दिइरहेको र समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् ।
उनले एमालेका संगठनलाई देश र जनताप्रति थप उत्तरदायी बनाउँदै लैजाने धारणा राखे। उनले स्वयंसेवाले मानिसको मनमस्तिष्कलाई परित्र बनाउने काम गर्ने बताए। त्यस्तै ओलीले तत्कालिन अवस्थामा एमालेको युवा दस्ता युथ फोर्सले आतंकको साम्राज्यलाई समाप्त पार्ने काम गरेको र शान्ति स्थापनामा पनि युथ फोर्सको भूमिका महत्वपूर्ण रहेको धारणा राखे।
कार्यक्रममा हालै काठमााडैंमा सम्पन्न राष्ट्रिय महिला भेलामा सहभागी स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कलाकारहरुलाई सम्मान गरिएको थियो ।