प्रधानमन्त्री प्रचण्ड र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौं : भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले नवनियुक्त प्रधानमन्त्री मोदीलाई शपथ ग्रहण गराएपछि प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेटवार्ता भएको  प्रधानमन्त्री सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो । null

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको सपथ ग्रहण समारोहमा सहभागी हुन दिउँसो भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए।

प्रधानमन्त्री प्रचण्डका साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रचण्डकी छोरी गङ्गा दाहाल लगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्।प्रधानमन्त्री प्रचण्ड आज साँझ  स्वदेश फर्कने कार्यक्रम रहेको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.