गर्मीका कारण भरतपुरका विद्यालय बन्द
चितवन : अत्यधिक गर्मीका कारण भरतपुरका विद्यालय बन्द भएका छन्। गर्मीले पठनपाठन प्रभावित भएपछि भरतपुर महानगरपालिकाले पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
मंगलबारबाट शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्। वर्षे बिदाबाट कटौती हुने गरी बिदाको निर्णय गरिएको हो।
‘गर्मी अत्यधिक बढेपछि विद्यालयमा पढाइ हुनै गाह्रो भयो। अभिभावकबाट पनि माग आएपछि महानगरले शुक्रबारसम्म बिदा दिने निर्णय गरेका हौं,’ दाहालले भनिन् , ‘विद्यार्थीलाई असहज भएपछि वर्षे बिदाबाट कटौती हुने गरी निर्णय भएको हो।’ मन्टेश्वरीदेखि कक्षा १२ सम्मका पढाइ बन्द हुनेछ। असार दुईबाट मात्रै विद्यालय सञ्चालन हुनेछ।