सुदूरपश्चिममा जम्बो मन्त्रिमण्डल, ८ जना मन्त्री थपिँदा ५ जना विना विभागीय

सुदूरपश्चिममा जम्बो मन्त्रिमण्डल, ८ जना मन्त्री थपिँदा ५ जना विना विभागीय

धनगढी : सुदूरपश्चिममा अहिलेसम्मको जम्बो मन्त्रिमण्डल बनाइएको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार ८ जना मन्त्रीको नाम शपथका लागि प्रदेश प्रमुखकोमा पठाएका छन्। 

प्रदेश प्रमुखको कार्यालयले ८ जना मन्त्रीको नाम शपथका लागि आएको जनाएको छ। सोमबार ५ बजे नै शपथ कार्यक्रम राखिएको छ। 

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्रबाट प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन्।

यस्तै, एमालेका वीर बहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तलाई बिना विभागीय मन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरेका हुन्।

मुख्यमन्त्री सोडारीले मन्त्रालय विभाजन गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका थिए तर सत्तारुढ दलभित्रै मन्त्रालय विभाजन गर्न नहुने र गरे पनि आवश्यक गृहकार्य गरेर गर्नुपर्ने दबाब बढेपछि उनी रोकिएका छन्।

सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए। योसँगै सुदूरपश्चिममा ११ सदस्यीय जम्बो मन्त्रिमण्डल बन्नेछ। 

यसअघि त्रिलोचन भट्टका पालामा ११ सदस्यीय मन्त्रिमण्डल बने पनि मन्त्रालय विभाजन गरिएको थिएन। राज्यमन्त्री सहित गरी ११ जना मन्त्री बनाइएका थिए। त्यसमा पनि संविधानको प्रावधानभन्दा बढी मन्त्री  बनाएको भन्दै मुद्दा  परेको थियो। 

सुदूरपश्चिममा ५३ सदस्यीय प्रदेश सभा छ। संविधानमा प्रदेश सभा सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नबढ्ने गरी मन्त्री बनाउन सक्ने प्रावधान छ। प्रदेश सरकारले यसलाई ११ मानेर मन्त्रिमण्डल विस्तार गरेको हो।

मन्त्री सिफारिसमा माओवादी केन्द्रभित्र चर्कियो विवाद

यस्तै सुदूरपश्चिम सरकार विस्तारका लागि नेकपा माओवादीभित्र चरम विवाद देखिएको छ। संसदीय दलका नेताले मनपरी नाम पठाएको भन्दै ५ जना प्रदेश सभा सदस्यहरूले विज्ञप्ति जारी गर्दै मन्त्री नियुक्त नगर्न मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई ध्यानाकर्षण गराएका छन्।

माओवादीका प्रदेश सभा सदस्य खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्त रूपमा ध्यानाकर्षण बुझाएका हुन्। 

माओवादीबाट ओमविक्रम भाट ‘सरल’ अक्कल रावल र लक्ष्मी विकको नाम सिफारिस गरिएको छ। आज बिहान ११ बजे दलको बैठक आह्वान गरेर मन्त्री सिफारिस गर्ने सल्लाह भएको तर दलको बैठक स्थगित गरेर मन्त्रीको नाम दिएको उनीहरुको दाबी छ। यस प्रदेशमा माओवादीका सभामुख सहित ११ सांसद छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.