महोत्तरीमा लुटेरा समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

महोत्तरीमा लुटेरा समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

महोत्तरी : अज्ञात लुटेराहरुको एक समुहले लुटपाटको क्रममा गोली प्रहार गर्दा महोत्तरीको गौशालामा युवक घाइते भएका छन्। गौशाला नगरपालिका-११ का ३५ वर्षीय विनय कुमार महतो (मुरारी) गोली प्रहारबाट गम्भीर घाइते भएका हुन्।

सोमबार महोत्तरीको गौशालाबजारबाट घरतर्फ जाने क्रममा मरहा नदीमा मोटरसाइकलमा आएका ७,८ जनाको समूहले लुटपाटको प्रयास गरेको थियो। सो क्रममा महतो प्रतिकारमा उत्रिएपछि सो समूहले गोली प्रहार गरेको हो। 

उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता एवम् डीएसपी सन्तुलालप्रसाद जयसवारले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.