पहिचान पक्षधरको समस्या समाधान गर्न कोशी सरकारले बनायो वार्ता समिति

पहिचान पक्षधरको समस्या समाधान गर्न कोशी सरकारले बनायो वार्ता समिति
कोशी प्रदेशको नामाकरणविरुद्ध आन्दोलित पहिचान पक्षधहरू। फाइल तस्बिर

विराटनगर : कोशी प्रदेश सकारले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरको संयोजकत्वमा राजनीतिक तथा शान्ति वार्ता समिति गठन गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ सदस्यीय समिति गठन गरेको हो। समितिको सदस्यमा भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी सदस्य छन्। समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्यसचिव रहनेछन्। 

टोलीले प्रदेशको नामकरणको विरोधमा आन्दोलन गरिरहेको पहिचान पक्षधरलगायत राजनीतिकरूपमा असन्तुष्ट रहेका पक्षसँग वार्ता गरेर समस्याको समाधान खोज्ने बताइएको छ। राजनीतिक, आर्थिक र सामाजिक तथा पहिचानका सम्बन्धमा देखा परेका समस्याको समाधान वार्ता र संवादबाटै शान्तिपूर्णरूपमा गर्ने उद्देश्यअनुरुप वार्ता समिति गठन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका सदस्यहरू मनोनयन गरेको छ। आयोगको सदस्यमा काठमाडौंका डा. सीताराम बस्नेत, सोलुखुम्बु (हाल धरान)का किशोरकुमार राई, धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेलाई मनोनीत गरिएको अधिकारीले बताए। बस्नेत र राई एमाले तथा बराल र न्यौपाने माओवादीमा आबद्ध छन्। 

आयोगको उपाध्यक्षमा यसअघि नै डा. राजेन्द्र अधिकारी नियुक्त भइसकेका छन्। सदस्य मनोनीत भएसँगै पूर्णता पाएको आयोग अब ५ सदस्यीय भएको छ। मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारलाई आर्थिक भार नपर्ने गरी प्रदेशसभा सदस्य राजन किराँती र सम्झना तामाङको क्यानडाको वैदेशिक भ्रमणलाई स्वीकृत गर्ने तथा कूटनीतिक राहदानीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.