पूर्णपाठ
जसपा नेपालको राष्ट्रिय महाधिवेशन : बन्द सत्रमा अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै
काठमाडौं : जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय महाधिवेशन बन्द सत्र जारी रहेको छ । बन्द सत्रको प्रारम्भमा पाँच सदस्यीय अध्यक्षमण्डल गठन गरि बन्द सत्र सुरु गरिएको जसपाका प्रचार प्रसार तथा प्रकाशन विभाग पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार अध्यक्षमण्डलमा उपेन्द्र यादव, रकम चेम्जोङ, लालबाबु राउत, मृगेन्द्रकुमार सिंह र लीला सिटौला रहेका छन् । अध्यक्षमण्डलको तर्फबाट पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।
प्रतिवेदन प्रस्तुत गरेपश्चात सो प्रतिवेदनउपर समूहगत छलफल हुनेछ । साथै बन्दसत्रमा लेखा परीक्षण आयोगका प्रमुख अमरेशनारायण झाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
जनकपुरस्थित तिरहुतियागाछीमा जारी बन्द सत्रमा करिब १३ सय प्रतिनिधि सहभागी रहेको जसपाले जनाएको छ ।
हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ