राजनीतिक प्रतिवेदन

जसपा नेपाल भन्छ : कांग्रेस आफ्नै असक्षमता र नालायकीको भारले थिचिएको छ

कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निभाउन सकेन

जसपा नेपाल भन्छ : कांग्रेस आफ्नै असक्षमता र नालायकीको भारले थिचिएको छ

काठमाडौं : जनता समाजवादी पार्टी नेपालले नेपाली कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको ठहर गरेको छ। जसपा नेपालको एकता राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष उपेन्द्र यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रमुख प्रतिपक्षको भूमिकासमेत कांग्रेसले राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको उल्लेख गरेका छन्। 

‘कांग्रेसको शासनकालमा लाउडा, घमीजा, सुडान जस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरू भए तर कहिल्यै विश्वसनीय छानबिन भएन। सुशासनको सवालमा यो पार्टीको प्रतिबद्धता व्यवहारमा देखिएन।’ राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ। प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको छ।’

कांग्रेस संवैधानिक राजतन्त्रको पक्षधर भएपनि लतारिएर गणतन्त्रसम्म आएको प्रतिवेदनमा उल्लेख छ। कांग्रेस उत्पीडित जनताको मुक्ति, पहिचान र अधिकारको विपक्षमा रहेको यादवको दाबी छ।  ‘हिजो संवैधानिक राजतन्त्रको पक्षधर थियो। परिस्थितिवश लतारिएर गणतन्त्रसम्म आयो, तर हामी सिद्धान्तले नै गणतन्त्रवादी हौँ। गणतन्त्र जस्तै यो हिजो सङ्घीयता र समावेशीताको विरूद्धमा थियो। अनिच्छावश मान्न बाध्य भयो।’प्रतिवेदनमा भनिएको छ,‘ हामी वैचारिक प्रतिबद्धताकै दृष्टिकोणले सङ्घीयता र समावेशीताको पक्षमा छौं। धर्मनिरपेक्षता हाम्रो वैचारिक प्रतिबद्धता हो। नेपाली कांग्रेसका कयौं नेताहरू अहिले पनि सार्वजनिक रूपमा नै यसका विरूद्धमा रहेका छन्। यो पार्टीले संसदीय लोकतन्त्रलाई आफ्नो अडान बनाएको छ। संविधानसभाले संविधान बनाउँदा प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक संसदको व्यवस्था हुन नसक्नुको कारण कांग्रेसको यो अडान पनि थियो। यो पार्टी उत्पीडित जनताको मुक्ति, पहिचान र अधिकारको विपक्षमा छ।’null

सङ्घीय प्रणालीको सही मोडल अर्थात् पहिचानमा आधारित स्वायत्ततासहितको सङ्घीय प्रणाली हुन नसक्नुमा कांग्रेसको ठूलो हात रहेको यादवको भनाई छ। कांग्रेसको सरकारले नै नेपालमा निरपेक्ष निजीकरण र उदारीकरण सुरूवात गरेको उल्लेख छ। जसपाको प्रतिवेदनमा भनिएको छ,‘ राष्ट्रिय उद्योगधन्दाहरू समाप्त पार्ने, कृषि अनुदान कटौती गर्ने, कृषि प्रधान देशलाई कृषि वस्तुमै परनिर्भर आयातकर्ता बनाउने, श्रम निर्यात गर्ने बाँकी सबै वस्तुहरू विदेशबाट आयात गर्ने, देशलाई निरन्तर व्यापार घाटामा पार्ने, शिक्षा र स्वास्थ्यको अति व्यापारीकरण तथा माफियाकरण गर्ने, भूव्यवस्थाको व्यापारीकरणमार्फत् अव्यवस्थित शहरीकरण र शहरी सुकुमवासी समस्या सिर्जना गर्ने, नियमक संस्थाहरूको भूमिका कमजोर पार्ने, जताततै मूल्य कार्टेलिङ्ग र सिन्डीकेटलाई प्रश्रय दिने, ठेक्कापट्टा र राजकीय स्रोतहरूमा निश्चित वृत्तलाई मात्र पोस्ने र कमिसन तन्त्रलाई बढावा दिने जस्ता प्रवृत्तिहरू कांग्रेसले संस्थागत गरेको हो।’

वैकल्पिक लोकतान्त्रिक तथा समाजवादी दलको अभावमा राजावादी र कम्युनिस्टलाई भोट दिन नचाहने जनमतले कांग्रेसलाई भोट दिँदै आएको यादवको दाबी छ। जसपाले यो जनमतमाथि उल्लेखनीय हस्तक्षेप गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन्। उनले भनेका छन्,‘वैकल्पिक लोकतान्त्रिक शक्तिको उदय भइसकेको सन्देश दिनुपर्दछ। तथापि नेपाली कांग्रेस उदारवादी लोकतान्त्रिक शक्ति भएकाले लोकतन्त्र, राष्ट्रियता र विकासको सवालमा हाम्रो पार्टीले सहकार्य गर्न सक्दछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.