उपेन्द्र यादवको नजरमा माओवादी केन्द्र : माओवादी नामको खोलभित्र रहेका विकृति निम्न पुँजीवादी चरित्र बोकेको अवसरवादी पार्टी

उपेन्द्र यादवको नजरमा माओवादी केन्द्र : माओवादी नामको खोलभित्र रहेका विकृति निम्न पुँजीवादी चरित्र बोकेको अवसरवादी पार्टी
फाइल तस्बिर।

काठमाडौं : जनता समाजवादी पार्टी नेपालले नेकपा (माओवादी–केन्द्र)  कम्युनिस्ट–माओवादी नामको खोलभित्र रहेका विकृति निम्न पुँजीवादी चरित्र बोकेको पार्टी भएको टिप्पणी गरेको छ।  एकताको राष्ट्रिय महाधिवेशन बन्द सत्रमा अध्यक्ष उपेन्द्र यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादीले आफूलाई सर्वहारा वर्गको पार्टी भनेपनि पार्टीको आशा र विश्वास नदेखिएको टिप्पणी गरेका छन्। 

उनले चिन्तन र व्यवहारमा मार्क्सवादी– लेनिनवादी माओवादी नभई ढूलमूले,अवसरवादी चरित्र नै हाबी रहेको उल्लेख छ। ‘यो पार्टीले आफूलाई सर्वहारा वर्गको पार्टी भने तापनि वास्तवमा पार्टीको आशा र विश्वास देखिन्न। कम्युनिस्ट–माओवादी नामको खोलभित्र रहेका विकृति निम्न पुँजीवादी चरित्र बोकेको पार्टी हो। चिन्तन र व्यवहारमा माक्र्सवादी– लेनिनवादी माओवादी नभई ढूलमूले,अवसरवादी चरित्र नै हाबी रहेको छ।’

माओ‌वादीका नेता–कार्यकर्ता ठूल–ठूला भ्रष्टाचार, कमिशनतन्त्र र जग्गा दलालीमा लिप्त रहेको जसपा नेपालको प्रतिवेदनमा उल्लेख छ। ‘पछिल्लो कालखण्डमा नेकपा (माओवादी केन्द्र) विकृति र विसंगतिको केन्द्रको रूपमा स्थापित हुँदै गइरहेको छ। योपार्टीले सैद्धान्तिक रूपमा आफूलाई कम्युनिस्ट भने तापनि राजनीतिक रूपमा नेकपा (एमाले) भन्दा खासै भिन्नता देखिँदैन।’

यादवले एमालेसँगको द्वन्द्व सत्ता स्वार्थ र नेतृत्वको बीचको आन्तरिक द्वन्द्वका कारण यो एकता टिक्न नसकेपछि स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा नेपाली कांग्रेससँग मोर्चाबन्दी गरी चुनाव माओवादीले चुवान लडेको उल्लेख गरेका छन्।

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले १० वर्षे जनयुद्धमार्फत् प्रारम्भिक कालको जनवादी गणतन्त्र नेपाल स्थापना गर्ने उद्देश्यलाई स्थगन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण योगदान गर्‍यो। पछि माक्र्सवाद, लेनिनवाद र माओवाद मार्गदर्शक सिद्धान्त र सर्वहारा श्रमिक वर्गको अग्रस्तरता भन्दै विस्तारै विस्तारै उदारवादी लोकतान्त्रिक संसदीय प्रणालीलाई नै व्यवहारमा अपनाउन पुगे। ’ प्रतिवेदनमा भनिएको छ,‘संसदीय निर्वाचनमा आफ्नो स्थिति अत्यन्त कमजोर हुने देखेर बाध्य भई नेकपा(एमाले) सँग मिलेर चुनाव लड्यो। त्यसपछि दुवै पार्टी एकीकृत भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुन पुगे, पछि सत्ता स्वार्थ र नेतृत्वको बीचको आन्तरिक द्वन्द्वका कारण यो एकता टिक्न सकेन र फुटेर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बनाई स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा नेपाली कांग्रेससँग मोर्चाबन्दी गरी चुनाव लड्यो।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.