फिफा विश्वकप तथा एसियन कपको संयुक्त छनोटमा आज नेपाल र ओमनबीच खेल हुँदै

फिफा विश्वकप तथा एसियन कपको संयुक्त छनोटमा आज नेपाल र ओमनबीच खेल हुँदै

साउदी : फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा आज नेपाल र ओमनको सामना गर्दै छ। 

खेल साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार राति ११:४५ मा सुरु हुनेछ। समूह एचमा रहेको नेपालले यसअघिका पाँच वटै खेलमा पराजित भएकाले आजको खेल नेपालका लागि प्रतिष्ठाको लागि महत्वपूर्ण हुनेछ।

गत ६ जुनमा  भएको खेलमा नेपाल ४-० ले अन्तरले पराजित भएको थियो भने नेपालले अहिलेसम्म खेलेको पाँच खेलमा १८ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन।

समूह एचमा रहेको नेपालले यसअघिका पाँच वटै खेलमा पराजित भएकाले आजको खेल नेपालका लागि प्रतिष्ठाको लागि महत्वपूर्ण हुनेछ।
समूह ‘एच’ मा रहेको नेपालले यसअघि  नेपाल युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो।   

त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाउनु परेको थियो भने नेपाल र यमन समानस्तरको भए पनि यसअघि नेपाल घरेलु मैदानमा खेल्दा २-० ले पराजित भएको थियो


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.