वीरगन्ज महानगरले गर्‍यो ५ निजी विद्यालयमा सिलबन्दी

वीरगन्ज महानगरले गर्‍यो ५ निजी विद्यालयमा सिलबन्दी

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रमा अनुमति विना सञ्चालित ५ वटा निजी विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ।

महानगरपालिकाको शिक्षा समितिका अनुगमन समितिका संयोजक ईश्वरचन्द्र यादव नेतृत्वको टोलीले अनुमति बेगर सञ्चालित ५ वटा निजी विद्यालयमा सिलबन्दी गरेको हो। 

वीरगन्ज महानगरपालिका-१२ मुर्ली बगैंचामा निनोस वीरगन्जको नामबाट सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह (मन्टेश्वरी)मा महानगरले सिलबन्दी गरेको संयोजक यावले बताए। 

यस्तै वीरगन्ज महानगरपालिका-२६ सुगौलीमा २०५७ सालदेखि सञ्चालित सिटिजन पब्लिक स्कुल र २०७५ सालदेखि सञ्चालित एएस नलेज एकेडेमीमा पनि मंगलबार सिलबन्दी गरिएको उनले जानकारी दिए।

यस्तै वीरगन्ज महानगरपालिका-१८ भवानीपुरमा सञ्चालित सुरज एकेडेमी पनि अनुमति विना नै सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको उनले बताए। भवानीपुरमै अनुमतिभन्दा बढी तहको कक्षा सञ्चालन गरेको बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरिएको यादवले जानकारी गराए।

अनुगमनमा खटिएको टोलीमा संयोजक यादवसँगै महानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत आनन्द लामिछाने, मेयर राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतको पनि सहभागिता थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.