तस्बिरमा हेर्नुहोस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको बिदाई
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । उनले बिहीबार अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेनेभा प्रस्थान गरेका हुन्।
विमानस्थलमा राष्ट्रपति पौडेललाई सेनाको टुकुडीले सलामी अर्पण गरेको थियो। विमानस्थलमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीलगायत उच्च अधिकारीहरु सहभागी थिए।