अस्पतालमा दर्जनौ पटक ठूला पटाका पड्काउँदा बिरामीहरू त्रसित

अस्पतालमा दर्जनौ पटक ठूला पटाका पड्काउँदा बिरामीहरू त्रसित

कपिलवस्तु : कपिलवस्तु अस्पताल परिसरमा प्रदर्शन गर्दै ठूलो आवाज आउने खालका दुई दर्जन बढी हवाई पटाका पड्काउँदा बिरामीहरू त्रसित भएका छन्। 

अस्पतालमा नयाँ मेडिकल सुपरिटेण्डेन्टका रुपमा दोस्रो पटक डा.किशोर बन्जाडे हाजिर भएको खुशीयाली व्यक्त गर्दै अस्पताल भित्रकै केही कर्मचारीले ठूलो आवाज आउने खालका पटाकाहरू पड्काएका हुन्। 

यसअघि नेपाली कांग्रेस माओवादी गठबन्धनको सरकारका बेला कपिलवस्तु जिल्लाबाट गुल्मी जिल्ला सरुवा भई गएका डा. वन्जाडे सरकार परिवर्तनसँगै दोस्रो पटक मेडिकल सुपरिटेण्डेन्टको रुपमा सरुवा भई आएका हुन्। डा. वन्जाडेको अस्पतालमा स्वागत स्वरुप पटाकाहरू पड्काइको थियो।  

अस्पतालमा भर्ना भएका विभिन्न खाले बिरामीहरू पटाकाको लगातारको ठूलो आवाजका कारण निकै त्रसित बनेका अस्पतालमा उपचार गर्न आएका बिरामीका आफन्त कपिलवस्तु नगरपालिका-९ का राम रतन यादवले बताए। 

अस्पतालमा कुनै पनि कर्मचारी सरुवा भई आउने जाने सामान्य प्रक्रिया हो। तर अस्पताल भित्रै यति ठुलो ठुलो आवाजमा पटाका पड्काउनु गम्भीर अपराध रहेको स्थानीय युवा समाजसेवी गोपीकृष्ण शर्माले बताए। ‘आज अस्पताल परिसरको अवस्था हेर्दा लाग्थ्यो, कुनै ठुलै विजय उत्सवको खुशीयालीमा पटकाहरू पट्कदै छन्,’ समाजसेवी शर्माले भने, ‘यस्ता खाले गतिविधीहरूले अस्पतालमा भर्ना भई उपचाररत बिरामी र चेक अपका लागि अस्पताल आएका नयाँ बिरामीहरूको मनोभावनामा कस्तो असर पुग्ला ?’ यस्ता उदण्ड क्रियाकलाप गर्ने जो कोहीलाई पनि पहिचान गरी कडा कारवाही गर्नुपर्छ,’ शर्माले भने।

अस्पताल परिसर वरपरका सडकहरू समेत आवाज निषेधित क्षेत्रका रुपमा पर्छन्। तर अस्पताल परिसर भित्र भर्ना भई उपचाररत रहेका बिरामीको वार्ड माथि नै ठुलो आवाजमा पटाका पड्काईनु गम्भीर अपराध भएको भन्दै आम सर्वसाधारणहरूले पनि सामाजिक सञ्जाल मार्फत विरोध जनाएका छन्। ‘अस्पताल भनेको निकै संवेदनशील क्षेत्र हो। यस प्रकारको गतिविधि गर्नु निन्दनीय रहेको छ,’ कपिलवस्तु नगरपालिकाका युवा नेता डा. राजेश गुप्ताले भने। 

अस्पताल परिसरमा एकाएक पटाकाहरू पड्कन थालेपछि अस्पताल वरपरको माहौल केही बेर निकै त्रसित बनेको थियो। अस्पतालसँगै रहेको तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयमा समेत कुनै अप्रिय घटना घट्यो की भन्दै शिक्षक तथा विद्यार्थीहरू कक्षा कोठाबाट निस्केर चौरमा एकत्रित भई बसेको विद्यालयका प्रधानाध्यापक पुजारी कुर्मीले बताए। 

सामाजिक सञ्जालहरूमा घटनाको विरोध गर्दै विभिन्न खाले प्रतिक्रियाहरू आउन थाले पछि अस्पताल प्रशासनले  विज्ञप्ति प्रकाशित जारी गरेको छ। अस्पताल भित्रै भएको पटाकावाजी बारे आफूहरूलाई केही थाहा नभएको भन्दै विज्ञप्ति प्रकाशित गरिएको छ। अस्पतालले जारी गरेको विज्ञप्तिमाथि धेरैले विरोध जनाएका छन्।

अस्पताल परिसरमा सुरक्षा सतर्कताका लागि नेपाल प्रहरीको एउटा सानो टोली समेत २४ घण्टे ड्युटीमा खटिएको छ। प्रत्यक्षदर्शीका अनुसार अस्पताल सुरक्षा टोलीका इन्चार्जको उपस्थितिमै लगातार पटाकाहरू पड्काइँदा समेत सुरक्षाकर्मीहरूको तर्फबाट कुनै रोकावटको अवस्था भने देखिएन। 

अस्पतालमा भएको घटनाका बारेमा सर्वसाधारणले मौखिक उजुरी गरेका र आफूले पनि पटक पटक ठूलो आवाजमा पटाका पड्केको सुनेको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए। घटना बारे बुझ्न प्रहरीलाई निर्देशन दिएको उनको भनाइ छ। 

अस्पताल भित्र भएको यस्तो घटनाप्रति स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए। घटनाबारे अनुसन्धानका लागि १ जनालाई नियन्त्रणमा लिएको उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.