सङ्खुवासभाको चिचिला गाउँपालिकामा पहिरो : एकको मृत्यु, दुईजना घाइते
अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु
खाँदबारी : सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । अरुण तेस्रो जलविद्युत आयोजनामा काम गर्ने कामदार र बर्दिया घोराभिट्टाका गंगाराम थारुकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभका सुचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।
आयोजनाको अन्तर्गत अडिट थ्री कार्यरत कामदार थारुको पहिरोमा परी पुरिएर मृत्यु भएको हो । गए राती सुतेकै अवस्थामा वर्षा सँगै आएको पहिरोले पुरिएर थारुको मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए ।
पहिरोमा परी मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन् । कामदारका लागि निर्माण भएका १४ वटा कोठामध्ये ३ वटा पहिरोले बगाएको छ ।