कश्मीरमा सेनाको चौकीमा आतंकवादी हमला, ५ सैनिक र एक प्रहरी अधिकारी घाइते

कश्मीरमा सेनाको चौकीमा आतंकवादी हमला, ५ सैनिक र एक प्रहरी अधिकारी घाइते

कश्मीर : पछिल्लो ३ दिनमा कश्मीरमा आतंकवादीले तेस्रो आक्रमण गरेका भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ । हिजो राति, आतंकवादीहरूले जम्मू कश्मीरको डोडामा सेनाको चौकीमा आक्रमण गरेका थिए। आतंककारी र सुरक्षाकर्मीबीच भिडन्त भइरहेको प्रहरीले जनाएको छ । 

भिडन्तमा गोली लागेर पाँच सैनिक र एक एसपीओ (विशेष प्रहरी अधिकृत) घाइते भएका छन् । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ, उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ । 

कठुआ जिल्लामा आतंकवादीहरूले गरेको गोलीबारीमा एक व्यक्तिको मृत्यु भएको र दुई जना घाइते भएको केही घण्टापछि यो हमला भएको हो।

तीन दिन अघि आतंकवादीहरुले तीर्थयात्री बोकेको बसमा हमला गरेका थिए। उक्त बस खाडलमा खसेको थियो । हमलाबाट नौ यात्रुको मृत्यु हुनुका साथै ४० भन्दा बढी घाइते भएका थिए ।

आतंककारीलाई पक्राउ गर्न खोजी अभियान जारी 

प्रहरीले आतंककारीले तीन नागरिकको हत्या र बन्धक बनाएको समाचार झुटो भएको बताएको छ । कठुआ घटनामा एक जना मात्रै सर्वसाधारण घाइते भएका छन् ।

लुकेर बसेका आतंककारीलाई पक्रन अभियान चलिरहेको छ । प्रहरी अतिरिक्त महानिर्देशक आनन्द जैनले जिल्लाको चत्रगला क्षेत्रमा रहेको ४ राष्ट्रिय राइफल र प्रहरीको संयुक्त चौकीमा आतंककारीहरूले आक्रमण गरेका थिए।

आतंकवादी हमलामा एक जना घाइते भएका छन् । सुरक्षाकर्मीले जवाफी कारबाही गरेपछि मुठभेड सुरु भएको अन्तिम जानकारी प्राप्त हुँदासम्म भिडन्त जारी नै रहेको बताए ।

मंगलबार साँझ कठुआ जिल्लाको अन्तर्राष्ट्रिय सीमा (आईबी) नजिकैको गाउँमा आक्रमण गर्ने आतंककारीहरूको खोजी गर्न सुरक्षा बलहरूले व्यापक अपरेशन सुरु गरेका इन्डिया टीभीको समाचारमा उल्लेख छ। आतङ्ककारीको आक्रमणमा एक सर्वसाधारण घाइते भएका छन् । प्रहरीले कठुआ अपरेशनमा सुरक्षा बलले एक संदिग्ध पाकिस्तानी आतंकवादीलाई मारेको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.