मोरङको केराघारीमा जंगली हात्ती मृत फेला

मोरङको केराघारीमा जंगली हात्ती मृत फेला
तस्बिर : अन्नपूर्ण

धरान : मोरङको सुन्दरहरैचा नगरपालिका -६ को केराघारीमा जंगली हात्ती मृत फेला परेको छ । केहि दिनदेखि भारतबाट नेपाल प्रवेश गरेको हात्तीको समूहको भाले हात्ती मृत अवस्थामा फेला परेको डिभिजन बन कार्यालय सलकपुर मोरङका अधिकृत राजेन्द्र घिमिरेले बताए । 

मृत भेटिएको हात्तीको पशु कार्यालय बिराटनगरका पशु चिकित्सक आएर पोस्टमर्टम गरेका छन् । हात्ती के कारणले मरेको भन्नेबारे एकिन नभएपनि अत्याधिक गर्मीले मरेको हुनसक्ने आशंका गरिएको छ। पोस्टमार्टमपछि जङ्गलमा गाडिएको अधिकृत घिमिरेले जानकारी दिए।

भारतबाट आएका हात्तीहरूले सुनसरी र मोरङको जंगल आसपासको मानव बस्तीमा प्रवेश गरि आतंक मच्चाउँदै आएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.