सहरी योजनामा दिगो विकास, दिगो विकासमा सूचना–प्रविधि

सहरी योजनामा दिगो विकास, दिगो विकासमा सूचना–प्रविधि

नेपालका शहरी क्षेत्रहरू तीव्र गतिमा विस्तार भइरहेका छन््। तर त्यसअनुसार सहरी योजना र बजेट छनोट र विनियोजन भएको पाइँदैन। अझ वैज्ञानिक ढंगबाट यसमा काम भएको पाइँदैन। खासमा यस परिप्रेक्षमा दिगो विकासका लागि योजनाबद्ध प्रयास अत्यावश्यक छ। शहरीकरणसँगै आएका आवास, यातायात, स्वच्छता, जलस्रोत व्यवस्थापन र सार्वजनिक सेवाहरूको मागले शहरी क्षेत्रहरूमा चुनौती थपिदिएको छ।

यस्ता चुनौतीहरूको सामना गर्न, सूचना तथा तथ्यांकको महत्वपूर्ण भूमिका छ। जसलाई प्रभावकारीरूपमा प्रयोग गर्न सफ्टवेरको आवश्यकता पर्छ। शहरी योजनामा सूचना तथा सफ्टवेरको प्रयोगले वास्तविक स्थितिको स्पष्ट चित्रण गर्न मद्दत पु¥याउँछ। भविष्यका परिदृश्यहरूको विश्लेषण गर्न र निर्णय प्रक्रियालाई वैज्ञानिक समेत यसले बनाउँछ। साथै तथ्यमा आधारित बनाउँछ। जीआईएस (भौगर्भिक सूचना प्रणाली), रिमोट सेन्सिङ, डेटा विश्लेषण र सिमुलेशन सफ्टवेयरहरूको प्रयोगले शहरी क्षेत्रहरूको सन्तुलित र दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउँछ।

सहरी विकास र चुनौतीहरू : नेपालमा शहरीकरणको दर तीव्र रूपमा बढिरहेको छ। ग्रामीण भेगबाट शहरी क्षेत्रमा जनसंख्या बसाइ सराइको लहरले शहरी क्षेत्रहरूको विस्तारलाई तीव्र बनाएको छ। शहरीकरणसँगै आवास, यातायात, स्वच्छता, पानी, विद्युत्, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताहरूको माग बढेको छ। यो माग पूरा गर्न योजनाबद्ध र सन्तुलित शहरी विकास अनिवार्य छ। तर, अव्यवस्थित शहरीकरणले थुप्रै समस्या निम्त्याएको छ। अव्यवस्थित बसोबास, ट्राफिक जाम, फोहोरको व्यवस्थापनमा समस्या, वातावरणीय प्रदूषण, जलवायु परिवर्तनको असर जस्ता समस्या शहरी क्षेत्रहरूले भोगिरहेका छन्। यी समस्याहरूको समाधान गर्न, शहरी विकासलाई दिगो र सन्तुलित बनाउन सूचना तथा सफ्टवेरको प्रभावकारी प्रयोग आवश्यक छ।

सूचना तथा तथ्यांकको महत्व : शहरी विकास योजनामा सूचना तथा तथ्यांकको महत्व उच्च हुन्छ। जमिनको उपयोग, जनसंख्या वितरण, यातायात प्रवाह, जलस्रोत, वनस्पति, वातावरणीय असरहरू, आर्थिक क्रियाकलापहरूको विश्लेषण बिना प्रभावकारी योजना बनाउन असम्भव छ। यस्ता तथ्यांकहरूले वास्तविक स्थितिको स्पष्ट चित्रण गर्न मद्दत गर्छन् र योजना बनाउँदा आधारभूत जानकारी दिन्छन्। विभिन्न स्रोतहरूबाट सूचना तथा तथ्यांक संकलन गरिन्छ। सेटेलाइट चित्र, ड्रोन चित्र, जीआईएस प्रणाली, जनगणना डेटा, सर्वेक्षण रिपोर्टहरू, सहरका नक्साहरू लगायतका स्रोतहरूबाट सूचना संकलन गरेर विश्लेषण गरिन्छ। यी तथ्यांकहरूलाई विश्लेषण गरेर योजनाबद्ध विकासका लागि मार्गदर्शन प्रदान गरिन्छ।

सफ्टवेयरको प्रयोग : शहरी विकास योजनामा विभिन्न सफ्टवेरहरूको प्रयोग अत्यन्त महत्वपूर्ण छ। सफ्टवेयरहरूले सूचना तथा तथ्यांकको व्यवस्थापन, विश्लेषण र प्रदर्शनीलाई प्रभावकारी बनाउँछ। यहाँ केही प्रमुख सफ्टवेरहरूको चर्चा गरिन्छ :

  • जीआईएस (जिओग्राफिक इन्फर्मेसन सिस्टम) : यो सफ्टवेरले भू–उपयोग, यातायात, जनसंख्या वितरण, वनस्पति, जलस्रोत, भवन संरचना लगायतका विषयमा सटीक र विस्तृत जानकारी प्रदान गर्दछ। यो प्रणालीको माध्यमबाट नक्सा तथा चित्रहरूको माध्यमले 
  • योजनाबद्ध विकास गर्न मद्दत पु¥याउँछ।
  • रिमोट सेन्सिङ सफ्टवेयर : सेटेलाइट चित्र तथा ड्रोन चित्रहरूको विश्लेषण गर्ने सफ्टवेरहरूले वास्तविक भू–स्थिति, भू–आकृति, वनस्पति आवरण लगायतका विषयमा जानकारी दिन्छन्। यसले वातावरणीय असरहरूको विश्लेषण गर्न मद्दत गर्छ।
  • डेटा एनालाइसिस सफ्टवेयर : विभिन्न स्रोतहरूबाट संकलित डेटा विश्लेषण गर्न डेटा एनालाइसिस सफ्टवेरहरूको प्रयोग गरिन्छ। यी सफ्टवेरहरूले जनसंख्या प्रवृत्ति, आर्थिक गतिविधि, यातायात प्रवाह लगायतका विषयमा विश्लेषण गरेर योजना बनाउँदा सहयोग पु¥याउँछ।
  • सिमुलेशन सफ्टवेयर : भविष्यका सम्भावित परिदृश्यहरूको अध्ययन गर्न सिमुलेशन सफ्टवेरहरूको प्रयोग गरिन्छ। यी सफ्टवेरहरूले विभिन्न नीतिहरूको प्रभाव विश्लेषण गर्न मद्दत गर्छ र योजनाबद्ध विकासमा सहयोगी बनाउँछ।

शहरी विकासमा सूचना तथा सफ्टवेरको भूमिका : सूचना तथा सफ्टवेरको प्रभावकारी प्रयोगले शहरी विकासलाई दिगो र सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेल्छ। यसका केही उदाहरणहरू निम्नानुसार छन् :

  •  जमिनको सन्तुलित उपयोग : जीआईएस प्रणालीको प्रयोग गरेर जमिनको सन्तुलित उपयोग गर्न सकिन्छ। कृषि भूमि, आवास क्षेत्र, औद्योगिक क्षेत्र, हरियाली क्षेत्र लगायतका जमिनको सन्तुलित विभाजन गरिन्छ। यसले जमिनको दिगो उपयोग सुनिश्चित गर्छ।
  • यातायात व्यवस्थापन : यातायात प्रवाहको विश्लेषण गरेर यातायात व्यवस्थापन योजना बनाउन सकिन्छ। यातायात जाम घटाउन, नयाँ सडक मार्गहरू निर्माण गर्न, सार्वजनिक यातायात प्रणाली सुधार गर्न डेटा विश्लेषण सफ्टवेरको प्रयोग गरिन्छ।
  •  फोहोर व्यवस्थापन : शहरी क्षेत्रमा फोहोर व्यवस्थापनमा सफ्टवेरहरूको प्रयोग गरेर फोहोरको सटीक व्यवस्थापन गर्न सकिन्छ। फोहोरको स्रोत, संकलन, प्रशोधन र पुन:प्रयोग सम्बन्धी योजना बनाउन सफ्टवेयरहरूको प्रयोग गरिन्छ।
  •  जलस्रोत व्यवस्थापन : जलस्रोतको संरक्षण र व्यवस्थापनमा सफ्टवेरहरूको प्रयोग गरेर शहरी क्षेत्रमा पानीको स्रोतहरूको सन्तुलित उपयोग गर्न सकिन्छ। पानीको वितरण प्रणाली सुधार गर्न, जलाशय निर्माण गर्न, पुन:भरण प्रणाली सुधार गर्न सफ्टवेरहरूको प्रयोग गरिन्छ।

निष्कर्ष : नेपालका शहरी क्षेत्रहरूलाई दिगो र सन्तुलित विकास गर्न सूचना तथा सफ्टवेयरको प्रभावकारी प्रयोग अनिवार्य छ। शहरी योजनामा सूचना तथा तथ्यांकको महत्व बुझेर सफ्टवेरहरूको सही प्रयोग गरेर मात्र दिगो विकास सम्भव छ। दिगो भू–उपयोग योजना, यातायात व्यवस्थापन, फोहोर व्यवस्थापन, जलस्रोत व्यवस्थापन लगायतका विषयमा सफ्टवेयरहरूको प्रयोगले शहरी विकासमा सकारात्मक प्रभाव पार्छ। सूचना प्रविधि र सफ्टवेयरहरूको सही प्रयोगले नेपालको शहरी विकासलाई दिगो र सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा दुईमत छैन।
इन्जिनियर घिमिरे सहरी ऊर्जा विषयमा विद्यावारिधि गर्दैछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.