जोमसोमको खेलमैदान स्तरोन्नति धमाधम

जोमसोमको खेलमैदान स्तरोन्नति धमाधम

‘एक स्थानीय तह एक खेलग्राम’ अवधारणाअनुसार मुस्ताङको सदरमुकाम जोमसोममा निर्माणाधीन कभर्ड हल बजेट अभावका कारण पाँच वर्षदेखि अलपत्र छ। त्यसैको नजिकै रहेको कभर्ड हल आउट डोर खेल मैदानको स्तरोन्नति अघि बढाइएको छ।

जोमसोममा संघ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा २०७६÷०७७ सालमा दुईतले बहुउद्देश्य कभर्ड हलको निर्माण थालिएको थियो। ६ करोड ५८ लाख रुपैयाँ लागत अनुमान गरिएको बहुवर्षीय जोमसोम कभर्ड हलको भौतिक प्रगति जम्मा ३५ प्रतिशतमात्रै छ। संघ, प्रदेश र स्थानीय तहको टुक्रे बजेट विनियोजनका कारण निर्माणाधीन कभर्ड हल अलपत्र अवस्थामा छ। पाँच वर्ष बितिसक्दा समेत अधकल्चो अवस्थामा छाडिएको कभर्ड हल पर्याप्त बजेट सुनिश्चितता हुन नसक्दा अलपत्र पर्दै आएको हो। 

संघीय, प्रादेशिक र स्थानीय तहको संयुक्त लागत साझेदारीमा निर्माणाधीन जोमसोम कभर्ड हल अलपत्र हुँदै गर्दा त्यहाँ नजिकै रहेको कभर्ड हलको आउटडोर खेलमैदान स्तरोन्नति सुरु गरिएको हो।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीले चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार १६ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि जोमसोम खेलमैदान स्तरोन्नति सुरु गरिएको हो। जोमसोम खेलमैदान संरक्षणको अभावमा जीर्ण अवस्थामा थियो। खेल मैदान स्तरोन्नतिका लागि घरपझोङ गाउँपालिकाको प्राविधिक शाखाले प्राविधिक इस्टिमेटको काम गरे पनि यसको अख्तियार प्रदेश सरकार आफैंले लिएको छ। घरपझोङ गाउँपालिकाका प्राविधिक शाखाका सब–इन्जिनियर राजन कँडेलले जोमसोम खेल मैदान स्तरोन्नतिको जिम्मा प्रदेश सरकारले नै लिएको जानकारी दिए। ‘हामीले प्राविधिक इस्टिमेटको जिम्मा मात्र पाएका छौं, अरू सबै काम प्रदेश तहबाटै हुन्छ’, उनले भने, ‘यो साल बसाली योजना हो, असारअगावै सक्नुपर्ने हुन्छ।’

जोमसोम खेलमैदानले ओगटेको पूरै क्षेत्रफल १ सय मिटर लम्बाइ र ८० मिटर चौडाइ छ। प्रदेश सरकारले सेभेन ए साइडको फुटबल खेल्न मिल्ने गरी कामहरू गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.