एसियन थाई फुड्स नाइजेरियाको खाद्य प्रदर्शनीमा सहभागी

एसियन थाई फुड्स नाइजेरियाको खाद्य प्रदर्शनीमा सहभागी

नाइजेरिया : एसियन थाई फुड्स प्रालि नाइजेरियाको लागोसमा आयोजित ‘फुड एन्ड बेभरेज वेस्ट अफ्रिका २०२४’ अन्तर्राष्ट्रिय व्यापारिक मेलामा सहभागी हुने नेपालको पहिलो कम्पनी बनेको छ।

एसियन थाई फुड्स नाइजेरियाको लागोसमा भइरहेको फुड एन्ड बेभरेजेज कमर्सियल एक्जिबिसनमा सहभागी भएको हो। उद्योगले रमपम, टु पीएम र प्रीति ब्रान्डका चाउचाउ तथा १२ प्रकारका स्न्याक्स उत्पादन गर्दै आएको छ। 

उद्योगका तर्फबाट निर्देशकहरू आशिष जाजु, जयश्री बगडी जाजु, अनिश जाजू र अतुल माहेश्वरी प्रदर्शनीमा छन्। प्रदर्शनी भोलिसम्म चल्नेछ। उक्त प्रदर्शनीमा सहभागी एसियन थाई फुड्स नेपालको एक मात्र उद्योग हो।

कम्पनीका प्रबन्धक निर्देशक महेश जाजूले विश्व बजारमा नेपाली खाद्य उत्पादनप्रति पनि विशेष रुचि र आकर्षणको सम्भावना रहेको बताए। ‘यसै अनुभूतिका आधारमा हामीले बजार विस्तार गर्दै नेपालको निर्यात बढाउने लक्ष्य राख्यौँ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय व्यापारिक मेला र प्रदर्शनीमा सहभागिता जनाउनु बजार विस्तारको रणनीति हो।’ आज २६ भन्दा बढी देशमा आफ्ना उत्पादनहरु निर्यात गरि रहेको अनुभव पनि जाजूले सुनाए। 

उद्योगले यसअघि दुबई, टर्की, नयाँ दिल्ली र मुम्बईमा भएका अन्तर्राष्ट्रिय खाद्य प्रदर्शनीमा सहभागिता जनाइसकेको छ। प्रदर्शनीमा युरोप, अमेरिका, खाडी क्षेत्र लगायत विश्वका विभिन्न मुलुकका व्यवसायी सहभागी रहेको जानकारी दिए। उनका अनुसार प्रदर्शनी अवलोकन गर्न आएकाहरुलाई उद्योगले आफ्ना उत्पादन चखाएको छ।

उद्योगले आफ्ना उत्पादन अहिले भारत, युएई, ओमन, कतार, साउदी अरब, मलेसिया, अमेरिका, अस्ट्रेलिया, इटली लगायत मुलुकमा निर्यात गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.