राप्रपामा विभागीय जिम्मेवारी हेरफेर
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभागीय जिम्मेवारी हेरफेर गरेका छन्। अध्यक्ष लिङ्देनले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखको जिम्मेवारी आफैंले राखेका छन्।
त्यस्तै संयोजित संगठन समन्वय विभागको प्रमुखमा प्रवक्ता गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सहमहामन्त्री धनबहादुर बुढा र युवा विभागको प्रमुखमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी दिइएको हो।