कर्णाली नदीमा पक्की पुल अलपत्र
हुम्ला : कर्णाली करिडोर खार्पुनाथ च्वाखोला नदीमा पक्की पुल निर्माण नहुँदा नदीबाटै गाडी तार्नुपर्ने बाध्यता छ। २०७८ भदौ महिनामा निर्माण कम्पनीसँग सम्झौता भएको पक्की पुल डेढ वर्ष बितिसक्दा पनि अलपत्र छ। पक्की पुल निर्माण नहुँदा खार्पुनाथ च्वाखोला नदीमा ट्याक्टर र स्काइभेटरले तानेर बोलेरो जीप तार्न गरेको पाइएको छ।
पक्की पुल निर्माण नभएपछि कर्णाली नदीमा स्काइभेक्टरले बोलेरो जीप तारेर नदी पार गराएको नाम्खा गाउँपालिका-६ जाँङका कुन्जोक लामाले जानकारी दिए।
लिमी एकता बहुउद्देश्यीय सहकारी संस्थाले खरिद गरेको जीप दुई दिनपछि जीप पार गरेको लामाले बताए। काठमाडौं हुँदै हुम्लाको लिमी पुर्याउनु पर्ने जीप दुई खार्पुनाथमै रोकिएको लामाको भनाइ छ।
शुक्रबार हिल्सा सिमकोट सडक योजनाले ल्याएको गाडी ट्याक्टरको सहायताले जीप तारिदिएको छ। समयमै पुल निर्माण नहुँदा हुम्ला जिल्ला अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन। पुल निर्माण नहुँदा झलुंगे पुलबाट मोटरसाइकल वारपार गर्न बाध्य छन्।