दक्षिण अफ्रिकाविरुद्ध दीपेन्द्रसिंह ऐरीले लिए ३ विकेट, सन्दीप लामिछानेले गरे क्याच
![दक्षिण अफ्रिकाविरुद्ध दीपेन्द्रसिंह ऐरीले लिए ३ विकेट, सन्दीप लामिछानेले गरे क्याच](https://annapurnapost.prixacdn.net/media/albums/DS-Airee-dipendra-sing_62PGK2rqTg_zaGBtCsOpQ.jpg)
काठमाडौं : आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पाचौं विकेट लिएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले पाचौं विकेट लिएका हुन्।
१७.३ ओभरमा ऐरीको बलमा डेभिड मिलरलाई सन्दीप लामिछानेले क्याच आउट गराएका हुन्। उनले १० बलमा ७ रन बनाएर बाहिरिए।
१५.३ ओभरमा ऐरीको बलमा रीजा हेन्ड्रिक्सलाई उनले नै क्याच आउट गरेका हुन्। उनले ४९ बलमा सर्वाधिक ४३ रन बनाएका थिए।
१३.२ ओभरमा कुशल भुर्तेलको बलमा हेनरिक क्लासेनलाई करण केसीले क्याच आउट गराएका थिए। यस अगाडि पनि ११.२ ओभरमा भुर्तेलले एडेन मार्करामलाई आउट गराएका थिए।
त्यसैगरी ३.४ ओभरमा दिपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाका क्विन्टन डे कक आउट गराएका थिए।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन। हाल दक्षिण अफ्रिका १६ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा ८५ रन बनाएर खेलिरहेको छ।
नेपालले आज एक खेलाडी परिवर्तन गरेको छ। स्पिनर सन्दीप लामिछाने नेपालको प्लेइङ-११ मा हुँदा सागर ढकाल बेन्चमा छन्।
नेपाली टोली :
कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, अभिनाष बोहोरा
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)