टी- २० विश्वकप क्रिकेट

नेपालको दोस्रो विकेट गुम्यो, कप्तान पौडेल र भुर्तेल एकै ओभरमा आउट

नेपालको दोस्रो विकेट गुम्यो, कप्तान पौडेल र भुर्तेल एकै ओभरमा आउट

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। 

जवाफि ब्याटिङमा उत्रिएको नेपालका कप्तान रोहित पौडेल ७.४ ओभर र  कुशल भुर्तेल ७.२ ओभरमा आउट भएका हुन्। उनीहरुलाई दक्षिण अफ्रिका तबरेज शम्सीले आउट गरेका हुन्। पौडेल शून्य रनमा आउट हुँदा भुर्तेलले २१ बलमा १३ रनको योगदान गरे।

नेपालका कप्तान पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। नेपालविरुद्ध टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो।

यस अगाडि दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्स सर्वाधिक ४३ रन बनाए। त्यसैगरी ट्रिस्टन स्टब्स २७ रन, एडेन मार्करामले १५ रन, क्विन्टन डे ककले १० रन, डेभिड मिलरले ७ रन, हेनरिक क्लासेनले ३ रन, मार्को जेन्सेनले १ रनको योगदान गरे। कागिसो रबाडा शून्य रनमा आउट भए।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। दक्षिण अफ्रिकासामु नेपालका स्पिनरहरुले कसिलो बलिङ गरेका थिए।

नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ। दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ। 

नेपालले आज एक खेलाडी परिवर्तन गरेको छ। स्पिनर सन्दीप लामिछाने नेपालको प्लेइङ-११ मा हुँदा सागर ढकाल बेञ्चमा छन्।

नेपाली टोली : 

कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.