नेपालले गुमायो तेस्रो विकेट

नेपालले गुमायो तेस्रो विकेट
फाइल तस्बिर।

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। 

जवाफि ब्याटिङको क्रममा चौथो नम्बरमा आएका नेपालका अनिल शाह मार्को जेन्सेनको बलमा क्याच आउट भएका हुन्। उनले २४ बलमा २७ रनको योगदान गरे। शाहले १ छक्का र ३ चौका प्रहार गरे।

त्यस अगाडि कप्तान रोहित पौडेल ७.४ ओभर र  कुशल भुर्तेल ७.२ ओभरमा आउट भएका हुन्। उनीहरुलाई दक्षिण अफ्रिका तबरेज शम्सीले आउट गरेका हुन्। पौडेल शून्य रनमा आउट हुँदा भुर्तेलले २१ बलमा १३ रनको योगदान गरे। भुर्तेलले १ छक्का र १ चौका प्रहार गरे।

नेपालका कप्तान पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। नेपालविरुद्ध टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो।
नेपालले १५ ओभरमा ३ विकेटको क्षतिमा ८७ रन बनाएर खेलिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.