युगान्डा ४१ रनमा अलआउट, न्यूजिल्याण्ड ९ विकेटले विजयी

युगान्डा ४१ रनमा अलआउट, न्यूजिल्याण्ड ९ विकेटले विजयी
तस्बिर : आइसिसी

काठमाडौं : आइसिसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । वेस्टइन्डिजको ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा भएको खेलमा न्यूजिल्यान्डले युगान्डलाई ९ विकेटले पराजित गर्दै विश्वकपमा पहिलो जित दर्ता गराएको हो ।

 जितसँगै समूह ‘सी’मा रहेको न्यूजिल्यान्डले तीन खेलमा २ अङ्क जोडेको छ । चार खेल खेलेको युगान्डाको २ अङ्क छ। युगान्डाले प्रस्तुत गरेको ४१ रनको सामान्य  लक्ष्य पछ्याएको न्यूजिल्यान्डले पाँच दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । न्यूजिल्यान्डका लागि डिभोन केन्वेले अविजित २२ रन बनाए । त्यस्तै फिनन् अल्लेनले नौ रन जोड्दा रचिन अभिन्द्र एक रनमा अविजित रहे । 

बलिङतर्फ युगान्डाका रियाजत अली शाहले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युगान्डाले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ४० रनको योगफल बनाएको थियो । युगान्डाका लागि केनथ वाइस्वाले सर्वाधिक ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

युगान्डालाई सस्तैमा समेट्नेक्रममा न्यूजिल्यान्डका टिम साउथीले तीन विकेट लिए भने  ट्रेन्ट बोल्ट, मिचेल स्यान्टनर र रचिन रविन्द्रले समान दुई÷दुई विकेट लिए । त्यस्तै लोकी फर्गुसनले १ विकेट झारे । - रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.