‘संविधान संशोधन गर्न एमालेसँग सल्लाह गरौं’

अदालतले प्रदेश चलाएको छ, मुख्यमन्त्री अदालतमा भेटिन्छन् : गगन थापा

अदालतले प्रदेश चलाएको छ, मुख्यमन्त्री अदालतमा भेटिन्छन् : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गरेर संघ र प्रदेशको सदस्य संख्याको आकार घटाउनुपर्ने बताएका छन्। आज एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चोक चोकमा बसेर प्रदेश खारेज गरौं भनेर अर्थ नभएको बताएका हुन्। 

उनले कम खर्चमा संसद र सरकार चलाएर देखाउनु आवश्यक भएको बताए। थापाले संघीय सरकारको मन्त्रिमण्डलसमेत घटाउनुपर्ने तर्क गरे।

अदालतले प्रदेश चलाएको दाबी गर्दै थापाले मुख्यमन्त्री अदालतमा भेटिन थालेको धारणा राखे। 

‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ। प्रदेश अहिले अदालतले चलाएको छ। मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन्। सबै लगेर अदालतमा बुझाएका छन्। अब कसैलाई दोष दिए हुँदैन। प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौं ? संशोधन गरौं। त्यो गर्न एमालेसँग सल्लाह गरौं,’उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.