जावलाखेलमा बेहोस अवस्थामा फेला परेका दम्पतीको मृत्यु
![जावलाखेलमा बेहोस अवस्थामा फेला परेका दम्पतीको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
काठमाडौं : ललितपुरको जावलाखेलमा बेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार सिन्धुपाल्चोक घर भई हाल जावलाखेल बस्दै आएका उमेश सेन्चुरी र उनकी श्रीमती रेणु सेन्चुरीको मृत्यु भएको हो।
प्रहरीका अनुसार बेहोस अवस्थामा फेला परेका उनीहरूलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो। उनीहरूलाई साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)