एकीकृत समाजवादीपछि ‘बार्गेनिङ’मा रास्वपा : मन्त्री भन्छन्, राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, बोकेरै हिँडेका छौं

एकीकृत समाजवादीपछि ‘बार्गेनिङ’मा रास्वपा : मन्त्री भन्छन्, राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, बोकेरै हिँडेका छौं

काठमाडौं : सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु सरकार छाड्ने धम्की दिन थालेका छन्। एकीकृत समाजवादीले पटक-पटक सरकार छाड्ने धम्की दिएपनि शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले रास्वपा सरकार बाहिर आउन तयार रहेको बताएका हुन्।

यस अगाडि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पटक-पटक सरकार छाड्ने धम्की दिएपनि जसपा नेपाल फुटेपछि भने प्रचण्ड नेतृत्वको सरकार तत्काल नछाड्ने बताउन थालेका छन्।

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्गेनिङ गरिरहेका नेपालले सरकार अल्पमतमा पर्नसक्ने चेतावनी दिए पनि दल विभाजनपश्चात भने जसपा नेपाल पछिको टार्गेट आफ्नो पार्टी भएको भन्दै पछिल्लो समय सरकारविरुद्ध अभिव्यक्ति दिन छाडेका हुन्। 

युवा तथा खेलकुदमन्त्री श्रेष्ठले सरकार गएपछि सामाजिक बेथितिभन्दा शासकीय बेथिति देखिरहेको टिप्पणी गरे। उनले रास्वपाले आशा र सम्भावना जीवित राखेर काम गरिरहेको बताए। सरकार पुरातन शैली र कर्मकाण्डी हिसाबमै चलेको आरोप लगाउँदै उनले सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आएकोसमेत धारणा राखे। 

‘हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौं। अहिले जुन खालको यो भइरहेको छ। केही चिजमा हामीलाई अनावश्यक,अनाधिकृत हिसाबले हामीलाई कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन अहिले नै तयार छ। हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेरै हामी हिँडेका छौं।’ श्रेष्ठले भने,‘अहिलेको वर्तमान राजनीतिक परिस्थितिमा एक पटक हामी जिम्मेवार नेताहरु सबै बसेर अस्ति सल्लाह पनि भएको छ हाम्रो। सरकारलाई दिएको समर्थनको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको छ।’

मन्त्री श्रेष्ठले सत्ता साझेदारी दलले एकपटक समीक्षा गर्ने र पुनरावलोकन पनि गर्नुपर्ने भएको उल्लेख गरे। पछिल्लो समय उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न सहकारी ठगीमा संलग्न रहेको भन्दै सर्वोच्चमा मुद्दा परेपछि रास्वपा हच्किएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.