नयाँ दलले काम गर्ने भन्दा पनि चटक गर्न थाले : गगन थापा

नयाँ दलले काम गर्ने भन्दा पनि चटक गर्न थाले : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र बिग्रेका विषयमा प्रधानमन्त्रीबाट जवाफको आश नगरेको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा थापाले प्रचण्डलाई किन र के का लागि प्रधानमन्त्री भएको भन्ने मेसो नै नरहेको भन्दै मुलुकको अर्थतन्त्र बिग्रेका विषयमा प्रधानमन्त्रीबाट जवाफको आश नगरेको बताएका हुन्।

एमाले सरकारमा पठाएको व्यक्ति हेर्दा सरकारको कामको परिणामबाट पन्छिने बाटो खोजेको उनले बताए। उनले नयाँ राजनीतिक दलहरूको प्रवृत्ति लोकरिझाई भन्दा अरु केही नरहेको तर्क गरे। उपप्रधानसहित चार जना रास्वपाका व्यक्तिहरू मन्त्रिमण्डलमा रहे पनि देशका लागि काम गर्ने भन्दा चटक गर्नेमा ध्यान केन्द्रित गरेको उनको भनाइ छ ।

थापाले सरकारप्रति जनतामा देखिएको निराशालाई कांग्रेसले नै चिर्न सक्ने दावी गरे। २०८४ सालसम्म प्रतिपक्षीमा बस्नुपर्ने र सरकार परिवर्तनको खेलमा नलाग्नेमा कांग्रेस स्पष्ट रहेको उनले बताए। थापाले संविधानलाई थप सान्दर्भिक बनाउनका लागि एमाले र माओवादीसँग छलफल गर्ने धारणा व्यक्त गरे। 

संघ र प्रदेशको संसदको संख्या घटाउनुपर्ने, निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने भन्दै उनले यसका लागि सबै दलहरूबीच सहमति कायम गरेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.