गुम्सिएर बसेको गुजुमुजु हुम्लाको ठेहे गाउँ

गुम्सिएर बसेको गुजुमुजु हुम्लाको ठेहे गाउँ

हुम्ला : ‘तेल महंगै छ साबुन महंगै, हवाई जहाज महंगै छ हुम्ला जिल्ला गरिब ठाउँमा फुटाल्नु ढुगैं छ। बस्ती बाक्लो जमिन कम छ। सरसफाई हुँदैछ। कमाई काज केही पनि छैन जनता मन रुँदैछ।’

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी गहुगोरा भण्डारीले देउडा गीतको लयमा यसरी पीडा पोखिन। यो गहुगोराको मात्रै होइन सिमकोट गाउँपालिका–१ र २ ठेहे गाउँका  ५ सय घरधुरीका हरेक नागरिकको वेदना हो। 

गाउँमा जग्गा जमिन कम छ। बस्ती धेरै छ। यस वर्ष खडेरीका कारण गाउँमा खेतीपाती राम्रो नहुने भएपछि उनले चिन्ता व्यक्त गरिन। ‘गाउँमा उत्पादन हुँदैन। घरपरिवार ठूलो संख्यामा छ। ४ छोरी १ छोरा छन्  पढाउन लेखाउन समेत मुस्किल हुने गरेको छ। गाउँमा विकास नआउने होइन तर गाउँमा आएका विकास उही बाठा टाठाहरूले खाइदिन्छन्,’ उनले भनिन। 

null

मुख्यमन्त्री रोजगार कार्यक्रमको ठेहे स्वास्थ्य चौकी घेरबारको कामका लागि गिटी कुट्दै गरेकी भण्डारीले काम गरेको पैसा समेत पूरा नपाउने गरेको अनुभव सुनाइन्। गिटी फुटालेर ढुंगा बोकेर काम गर्‍यो त्यही दुईचार पैसाले घरमा नुन तेल खाने र बालबच्चाका लागि कापी कलमको जोहो गर्न समेत धौ धौ भएको अर्की स्थानीय नर भण्डारीले बताइन्।  

स्वास्थ्यचौकीको घेरबारको काम गरेको २० दिन भइसक्यो पैसा समेत पाएका छैनौं,’ उनले भनिन्। खडेरीले बालीनाली सुकेको बताउँदै उनले वर्षभरी खेतबारीमा काम गरे पनि ३ महिना खान नपुग्ने बताइन्। खडेरीले कात्तिके बाली राम्रो नहुने भएपछि यस वर्ष घरपरिवारलाई छाक टार्न समेत समस्या हुने स्थानीय रंग बोहराको भनाइ छ।

‘गाउँमा थोरै थोरै जग्गा छ। वर्षभर दुःख गरेपछि ३ महिनासम्म पुग्दैन अरू आम्दानीको श्रोत पनि केही छैन,’ बोहराले भनिन, कोदो, फापर चिनो उत्पादन हुन्थ्यो तर यो वर्ष खडेरीले त्यो पनि नहुने भएको छ।’ खाद्य व्यवस्था तथा व्यापार सिमकोटबाट चामलकै भर पर्न गरेको स्थानीयबासीहरूले बताउने गरेका छन्। 

गाउँमा ठूलो घना बस्ती भएको तर उत्पादन गर्न जग्गा जमिन कम भएपछि अधिकांश  बेरोजगार युवाहरू चीनको ताक्लाकोटमा मजदुरी गर्दै आएका छन्।

बर्सेनि सयौं युवाहरू चीनको ताक्लाकोटमा मजदुरी काम गर्न जाने गरेका छन्। एक दुई महिना  ताक्लाकोटमा काम गरेर परिवार खर्च टार्न बाध्य भएको गहुगोरा भण्डारीले बताइन्। ‘ताक्लाकोट मजदुरी नगर्ने हो भने बालबच्चा पढाउन र घर खर्च चलाउन मुस्किल हुन्छ,’ उनले भनिन्। 

झण्डै ५ सय घरधुरी रहेको यस गाउँमा आम्दानीको श्रोत केही नभएको सिमकोट गाउँपालिका-२ का तीर्थराज बोहराले बताए। ‘केही युवाहरू जडीबुटी संकलन तर्फ छन् भने केही युवाहरू ताक्लाकोटमा मजदुरी गर्दै आएको छन्,’ बोहराले भने। 

सिमकोट गाउँपालिका वडा नम्बर १ र २ मा ५ सय घरधुरी रहेका छन्। घरमाथि घर थुपरिएका छन्। जनसंख्या ३ हजारभन्दा बढी रहेको बोहराले बताए। गुजुमुज घर हुनु भनेको यहाँ देवी देवताहरूको धेरै विश्वास गर्न भएकाले देवताले भनेको चारकिल्ला भन्दा बाहिर घर नबनाउने किम्बदन्ती रहेको बोहराले बताए। 

‘गाउँमा १२ देवता मान्ने चलन धेरै छ। देवताको आदेश अनुसार गाउँको चार किल्ला भन्दा बाहिर घर निर्माण गर्न अनुमति नभएपछि गाउँमा घर गुजुमुजु रहेको हो,’ स्थानीय धनबहादुर बोहराले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.