राप्रपाले चुनाव जित्ने सम्भावना देशभरि छ : अध्यक्ष लिङदेन
![राप्रपाले चुनाव जित्ने सम्भावना देशभरि छ : अध्यक्ष लिङदेन](https://annapurnapost.prixacdn.net/media/albums/Rajendra_Lingden1_8wPKQtbi7q_zso55LpDeJ.png)
काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका लागि अहिले सहज अवस्था सिर्जना हुँदै गएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा लिङ्देनले पुराना दल र मुलुकको व्यवस्थाप्रति जनताको निराशा बढ्दै गएको भन्दै पार्टीका लागि सहज अवस्था सिर्जना हुँदै गएको बताए। उनले राप्रपाको आवश्यकतालाई मध्यनजर गर्दै त्यहीअनुसार तयारी गरी जनताको मत जित्न सके चुनाव जित्न कुनै कठिनाई नहुने जिकिर गरे।
निर्वाचनका क्रममा जुम्लामा सहकार्यका लागि एमाले अध्यक्ष केपी ओलीसँग कुरा गर्दा अस्वीकार गरेको स्थानमा राप्रपाले एक्लै जितेको उनले स्मरण गरे। लिङ्देनले सही उम्मेदवार सही हिसाबले उठाउने हो भने जनताले विश्वास गर्ने र चुनाव जित्ने सम्भावना देशैभर रहेको दाबी गरे।
उनले पार्टीभित्रकै नेताहरूले पार्टीविरुद्ध भ्रम छर्ने, विवाद ल्याउने काम गरेको भन्दै कारबाही गर्ने चेतावनी दिए। जनताको आशा र भरोसाको एकमात्रै पार्टी राप्रपा भएकाले पार्टीलाई बलियो बनाउनका लागि भूमिका खेल्न उनले निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)