एक दुई जनाको मुख हेर्नेगरी ल्याइएको बजेटलाई सन्तोष मान्न सकिन्न : ओली

एक दुई जनाको मुख हेर्नेगरी ल्याइएको बजेटलाई सन्तोष मान्न सकिन्न : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटलाई देशको विकासका लागि जनता केन्द्रित बनाउनुपर्ने बताएका छन्।

शनिबार संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले एकदुई जनाको मुख हेर्नका लागि नभइ बजेटलाई देशको विकासका लागि जनता केन्द्रित बनाउनुपर्ने बताए। उनले देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि एमाले सरकारमा गएको भन्दै ओलीले त्यही विषयमा कमजोरी भए सन्तोष मान्न नसकिने बताए।

त्यस्तै ओलीले एमालेमाथिको हमला तीव्र रहेको भन्दै त्यसको उचित समयमा जवाफ दिनुपर्ने बताए। आफूले ५ अर्ब खायो भन्ने हल्ला सुनेको र यो प्रतिक्रियावादीहरूको राष्ट्रिय शक्तिलाई कमजोर पार्ने खेलमात्रै भएको उनको भनाइ छ। ओलीले एमालेमाथिको विश्वास हटाउने कामलाई चिर्न जरुरी रहेको बताए।

संसदीय दलको बैठकमा संसदीय दलको कामका बारेमा छलफल भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सुझाव तथा जिज्ञाशा राख्ने काम बैठकमा भएको उनले बताए। बर्तौलाले अहिलेको बजेट प्रभावकारी ढंगले आउनका लागि छलफल कम भएकै कारण गुनासा आएकाले यसलाई अन्यथा लिन नहुने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.