संकटमा ज्येष्ठ नागरिकलाई सम्मान

संकटमा ज्येष्ठ नागरिकलाई सम्मान
सांकेतिक तस्बिर।

जेष्ठ नागरिकले राम्रो रसिलो व्यवहारको आशा जोबाट गरेको छ, उसैबाट एकपटक मात्र नभएर पटक–पटक मनै फुरुङ पार्ने काम नगरेर उल्टै नोक्सान पु¥याउने र दु:ख दिने काम गर्नुलाई नै ज्येष्ठ नागरिक माथि हुने दुव्र्यवहार भनिन्छ। यो विश्वव्यापी सामाजिक मुद्दा हो जसले विश्वभरिका ज्येष्ठ नागरिकको अधिकार र स्वास्थ्यलाई नराम्रो असर गर्छ। यो मुद्दालाई विश्व समुदायले नै ध्यान दिनु परम आवश्यक छ। – संयुक्त राष्ट्रसंघ, २०२१ ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारको रोकथाममा काम गर्ने अन्तर्राष्ट्रिय सञ्जाल, संस्था आईएनपीईएले सन् २००६ देखि प्रत्येक वर्षको जुन १५ तारिखलाई ‘ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्ध विश्व चेतना दिवस’को रूपमा मनाउने गर्छ। दिवसका दिन सचेतनामूलकलगायत विभिन्न खालका कार्यक्रम र गतिविधि पनि गर्दै आएका छन्। राष्ट्रसंघको महासभाले पनि प्रस्ताव नम्बर ६६र१२७ बमोजिम आईएनपिइएको अगुवाईमा डिसेम्बर, २०११ मा जुन १५ तारिखका दिन यो दिवस मनाउने निर्णय गरेको हो। सोहीअनुसार सन् २०१२ देखि यो दिवसलाई राष्ट्रसंघले औपचारिक रूपमा मनाउँंदै आइरहेको छ। संघको एनजीओ कमिटी अन ऐजिङले २०१२ जुन १४ मा सर्वप्रथम यो दिवस मनाउने क्रममा नेपालको तर्पmबाट राष्ट्रिय ज्येष्ठ नागरिक संस्था, सञ्जालको तत्कालीन सचिवको हैसियतले पंक्तिकारले पनि कार्यपत्र प्रस्तुत गर्ने अवसर पाएको थियो।

यसपछि राष्ट्रसंघका सबै सदस्य राष्ट्रले यो दिवस विश्वभर मनाउन थाले। नेपालमा पनि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले यो दिवस सन् २००७ देखि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउँदै आएको थियो। तर, सन् २०१२ देखि भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग संयुक्त रूपमा विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ। राष्ट्रसंघले यस वर्ष ‘संकटमा ज्येष्ठ नागरिकलाई सबैले मद्दत गरौं’ भन्ने नारा तय गरेको छ। हाल विश्वभर ज्येष्ठ नागरिकमाथि हुन सक्ने दुव्र्यवहार समेतलाई उजागर गर्दै, कुनै पक्षबाट पनि दुव्र्यवहार हुन नदिने उपाय अवलम्बन गर्नेतर्फ अझ थप सतर्क हुँदै सरोकारवाला निकायसँग हातेमालो गरेर सामाजिक सञ्जालको माध्यम समेतबाट अघि बढिरहेका छौं।

विश्वमै ज्येष्ठ नागरिकको जनसंख्या द्रुतदर गतिमा बढ्दो छ। उमेरका हिसाबले ज्येष्ठ नागरिकमाथि हुने भेदभाव उल्लेख्य पाइन्छन्। विश्वका विभिन्न राष्ट्रका कानुनले ज्येष्ठ नागरिकको मानव अधिकार संरक्षण गर्न नसकेको विद्यमान अवस्था छ। हिजोका दिनमा ज्येष्ठ नागरिकले प्राप्त गर्दै आएको अधिकार जस्तै व्यक्तिगत स्वतन्त्रता, आत्मसम्मान, सम्पत्तिको अधिकार, स्वास्थ्य सुविधा र मानवोचित कार्यबाट समेत अलग्याइन्छ। जसबाट उनीहरूको आत्मसम्मानमा आइपर्ने चुनौतीले ज्येष्ठ नागरिकहरू हेला र दुव्र्यवहारको सिकार बन्छन्। ‘ज्येष्ठ नागरिक माथि हुने दुव्र्यवहार अपराध प्रायस् हाम्रै घरभित्र हुन्छ। यस विषयमा प्रभावकारी र सार्वजनिक प्रतिक्रिया दिनु आवश्यक छ। यो समस्या अन्त्य गर्न हाम्रा संकल्पहरू मजबुत बनाई, सबैका लागि सम्मानपूर्ण जीवनको सिर्जना गरौं।’ – संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वान कि मुन।

ज्येष्ठ नागरिकहरू आफ्नै वा आफन्तको घरमा र उनीहरूलाई स्याहार–सुसार गर्ने जिम्मा लिएका कतिपय आश्रम स्थलहरूमा समेत दुव्र्यवहारको शिकार हुँदै आएका प्रशस्त प्रमाण छन्। हामीले चिनेजानेका ज्येष्ठ नागरिकलाई शारीरिक अथवा भावनात्मक रूपले घरकै परिवारबाट बेवास्ता हुने अथवा आर्थिक रूपले शोषण हुने स्थिति, तपाईं–हामीले आँखै अघि देखेका पनि छौं। ज्येष्ठ नागरिकलाई गरिएको दुव्र्यवहारका खत र उदाहरणहरू पत्ता लगाइसकेपछि जुन ज्येष्ठ नागरिकप्रति यस्तो व्यवहार गरिएको छ। उसको पक्षबाट तपाईंले सहयोग गर्दा कुनै कुनै व्यक्ति विशेषलाई मात्र सहयोग नगरी भविष्यमा हुने ज्येष्ठ नागरिक प्रतिको दुव्र्यवहार रोक्नमा तपाईको सहयोगको ठूलो महत्व हुनेनैछ भन्ने कुरामा दुई मत छैन। शारीरिक रूपले बढी कमजोर ज्येष्ठ नागरिकहरू कसैले हेप्यो भने सामना गर्न असमर्थ हुन्छन् वा कसैले आक्रमण गरेमा प्रतिकार गर्न सक्दैनन्। पहिला पहिला जस्तो स्पष्टसँग देख्ने, सुन्ने, सोच्ने शक्ति उनीहरूमा हुँदैन त्यसैले गलत नियत भएकाहरूले उनीहरूबाट फाइदा उठाउने सम्भावना बढी रहन्छ।

करिब–करिब ९५.५ प्रतिशत ज्येष्ठ नागरिकलाई दुव्र्यवहारका बारेमा जानकारी छ। दुव्र्यवहारहरू मध्यमा सबैभन्दा बढी ८६ प्रतिशत अवहेलना, वास्ता नगर्ने, अनादर गर्ने प्रतिशत ७५ छ भने गालीगलौज ७० प्रतिशत र शारीरिक यातना ५४ प्रतिशत, आर्थिक दुव्र्यवहार २० प्रतिशत, आवेशपूर्ण, भावात्मक दुव्र्यवहार १३ प्रतिशत रहेको देखिन्छ। नेपाली समाजमा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारका घटना धेरै कममात्र बाहिर आउँछन्। कहाँ उजुरी गर्ने भन्ने जानकारीको अभाव, पारिवारीक इज्जतको डर, जसविरूद्ध उजुरी गरिँदै छ उसले थाहा पाएर बढी मारमा परिन्छ कि भन्ने त्रास लगायतका कारणले गर्दा दुव्र्यवहारका घटनाहरू भित्रभित्रै गुम्सिएर रहन्छन्।

ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार रोक्न गर्नुपर्ने कार्यहरू :

  • ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा दुव्र्यवहार र अपमानित व्यवहार भएको दिनहुँ थाहा पाउँछौं। ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ अनुसार ज्येष्ठ नागरिकलाई दुई सिट आरक्षणसहित यातायात भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। तर, पनि केहीले मात्र दिएको पाइन्छ जुन नेपालभर लागू भएको छैन। तसर्थ उक्त व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुपर्छ।
  • नेपालको संविधान, २०७२ को मौलिक हकको धारा ४१ म व्यवस्था भए अनुसार ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हक हुनेछ भने बमोजिम समयअनुसार नयाँ ऐन, नियमावलीमा ज्येष्ठ नागरिकमाथि हुने सबै खाले दुव्र्यवहारलाई रोक्न विशेष व्यवस्थाका साथै दुव्र्यवहार गर्ने व्यक्ति÷निकायलाई सजायको भागीदार बनाउने कुरा नीतिगत तहबाट व्यवस्था हुनु 
  • आवश्यक देखिन्छ।
  • ज्येष्ठ नागरिकमाथि आर्थिक दुव्र्यवहार बढी हुने हुँदा त्यसबाट जोगाउन पैत्रिक सम्पत्तिमा इच्छापत्रको व्यवस्था गर्न र छोराछोरीको आर्थिक हैसियतको आधारमा बाबुआमाको अनिवार्य रूपमा हेरविचार गर्नुपर्ने जस्ता प्रावधान ऐन २०६३ को पहिलो शंसोधन २०७९ मै व्यवस्था भएकाले सोही प्रावधानअनुसार नियमावलिमा व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्छ।
  • ज्येष्ठ नागरिकमाथि भएका दुव्र्यवहारसम्बन्धी आवश्यक कानुनी सल्लाह तथा परामर्श सेवालगायत ज्येष्ठ नागरिकको कुनै पनि प्रकारको आकस्मिक समस्यालाई समाधान गर्न ज्येष्ठ नागरिक हेल्पलाइन स्थापना गर्नुपर्छ।
  • राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको समन्वयमा सामुदायमा प्रहरीको संयन्त्रमार्फत टोल–टोलमा रहेका ज्येष्ठ नागरिकको अवस्थाको लगत संकलन गरी दुव्र्यवहारमा परेका ज्येष्ठ नागरिकलाई उद्दार तथा पुनस्र्थापनाका लागि अनिवार्य रूपमा ज्येष्ठ नागरिक प्रहरी सेलको स्थापना गराउने व्यवस्था मिलाउनुपर्छ।
  • ज्येष्ठ नागरिकको जीवन सुरक्षित, सम्मानित, मर्यादित एवं दुव्र्यवहारबाट मुक्त बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने हुँदा, विभिन्न भाषामा जनचेतनामूलक सन्देश तयार गरी आमसञ्चारको माध्यम (पत्रपत्रिका, रेडियो, टिभी एवं सामुदायिक एफएम) बाट प्रचार–प्रसार गराउने व्यवस्था मिलाउनुपर्छ।

ज्येष्ठ नागरिक स्वयंले पनि आफूप्रति हुने सम्भावित दुव्र्यवहार कम गर्न सक्दो प्रयत्न गर्नुपर्छ। आफ्नो आर्थिक एवं अन्य व्यवहार ठीकसँग चलेनचलेको हेर्ने, त्यसमा समस्या आए कानुनी सहयोग लिने, विश्वासिलो मित्र र आफन्तलाई त्यसको जानकारी दिने, यतिमात्र नभई सकेसम्म आफन्त र सहृदयीको सम्पर्कमा बस्ने गर्नुपर्छ। असजिलो नमान्ने र आफू बसेको परिवार वा स्थानमा आफूप्रति दुव्र्यवहार भइरहेको छ भन्ने लागेमा तुरून्तै सम्बन्धित निकायमा त्यसको जानकारी दिने कार्य गरेमा यस्ता दुव्र्यवहारबाट बच्न सकिन्छ।

प्रधान राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.