बैठक स्थगित भएपछि मेयर बालेनको आक्रोश : नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू

बैठक स्थगित भएपछि मेयर बालेनको आक्रोश : नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू
फाइल तस्बिर।

काठमाडौं : काठमाडौं महानगरपालिकाको नगरसभाको १५ औं अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ। आइतबार नगरसभा बैठक सुरु भएपछि एमाले र कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि नगरसभा असार १० गतेसम्मका लागि स्थगित गरिएको हो। 

बैठक सुरु हुनासाथ महानगर प्रमुख बालेन शाह (बालेन्द्र)ले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए। त्यसपछि केहि जनप्रतिनिधिहरुले बैठक बहिष्कार गरेपछि शाहले बैठक स्थगित गरे।

एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनी

बैठक स्थगित भएपनि मेयर शाहले एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनी दिए। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ३ जना नेताले गर्दा , १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको समेत उल्लेख गरे।

शाहले काठमाडौं महानगरको कुनै पनि नीति,योजनाबारेमा छलफल बन्द कोठामा नहुने धारणा राखे। ‘३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो।’उनले लेखेका छन्,‘काठमाडौं महानगरको कुनै पनि नीति,योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन। जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ। यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ।’

बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने सार्वजनिकरूपमा औपचारिकता मात्रै दिने काम महानगरले नगर्ने उनको भनाई छ।‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन। १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ।’ उनले भनेका छन्,‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगर पालिकाले गर्दैन। काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस,एमालेको धङधङी बोकेर नआउनु होला।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.