९४ करोड २३ लाख ठगी गरेको उजुरी

कृषि विकास सहकारीको बचतकर्ताको रकम हिनामिना : अध्यक्षसहित चार जना पक्राउ

कृषि विकास सहकारीको बचतकर्ताको रकम हिनामिना : अध्यक्षसहित चार जना पक्राउ

काठमाडौं : प्रहरीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सहित चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। 

प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त सहकारीका अध्यक्ष तेजविक्रम थापासहित व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरु भिमसेन महर्जन र सञ्जय सापकोटालाई सार्वजनिक गरेको हो।

सहकारीले बचतकर्ता सदस्यहरुको रकम फिर्ता नगरेको भनि उजुरी परेपछि सहकारी विभागले प्रहरीलाई पत्र पठाएको थियो। प्रहरीले अनुसन्धान गर्दा उक्त व्यक्तिहरु फरार रहेकामा जेष्ठ ३१ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।

उक्त सहकारीबाट २ हजार ५ सय ३१ बचतकर्ता पीडित भएको देखिएको र २ अर्ब ८० करोड निक्षेप रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए। जसमध्ये ५ सय ६६ जनाले रु ९४ करोड २३ लाख ४२ हजार ठगि गरेको उजुरी प्राप्त भएको भट्टराइले बताए।

पक्राउ परेकामध्ये थापा कृषि टेलिभिजन र गोर्खा टेलिभिजनका अध्यक्षसमेत हुन्। प्रहरीलाई झुक्काउनका लागि उनले अर्कै नाममा टेलिभिजनको परिचयपत्र समेत बनाएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.