हेटौंडा उपमहानगरमा २ अर्ब ४३ करोडको बजेट सार्वजनिक

हेटौंडा उपमहानगरमा २ अर्ब ४३ करोडको बजेट सार्वजनिक

हेटौंडा : बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँको बजेट ल्याएको छ। आइतबार बसेको १५ औं नगरसभा बैठकमा हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँले आगामी आर्थिक वर्षको आय व्ययको विवरण प्रस्तुत गरेका हुन्।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेट चालु आर्थिक वर्षको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६.०७ प्रतिशतले कम बजेट रहेको छ। बजेट प्रस्तुतिका क्रममा उपमेयर बानियाँले कोभिड १९ महामारीका कारण समग्र अर्थतन्त्रमा पारेको प्रतिकूल प्रभाव तथा संघ र प्रदेशबाट भएको घट्दो बजेट सीमालाई ख्याल गर्दै बजेटको आकार चालु आर्थिक वर्षको तुलनामा घटाइएको बताए। 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार ७७०, राजस्व बाँडफाँटबाट ६१ करोड ६५ लाख ८६ हजार ७ सय ३० रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख ३९ हजार र संघीय सरकारको अनुदानबाट १ अर्ब १६ करोड ५३ लाख रुपैयाँ रहेको छ। 

उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवासमा सबैभन्दा बढी बजेट विनियोजन गरेको छ। उपमहानगरले पूर्वाधार क्षेत्र विकास तर्फ ८८ करोड ८६ लाख ९९ हजार रुपैयाँ बजेटको विनियोजन गरेको छ। 

यस्तै आर्थिक विकासतर्फ ७ करोड ५६ लाख, सामाजिक विकासतर्फ ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड १२ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवा ब्याज भुक्तानीका लागि ४० करोड ६२ लाख सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.