श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
![श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
धनुषा : आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरका राज नारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय राज नारायणले आफ्नै ३६ वर्षीया श्रीमती रूबी यादवको हत्या गरी मिथिला नगरपालिका-५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। रुबीको श्रीमान् राजनारायण केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए । स्वदेश फर्किएपछि यादवसँग निरन्तर झगडा हुँदै आएको थियो ।
गत शनिबारदेखि हराइरहेकी रुबीको खोजी गर्न उनका भाइ अनितले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएका थिए । रुबी बेपत्ता भएको उजुरी परेपछि सम्भावित स्थानमा खोजतलास गर्दा शनिबार राति शव फेला परेको प्रहरी निरीक्षक सोनुकुमार साहले बताए ।
प्रहरीले शवपरीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको छ । अभियुक्तलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)