नक्कली लाइसेन्स प्रकरण : उपसचिवसहित ५ जना पक्राउ

नक्कली लाइसेन्स प्रकरण : उपसचिवसहित ५ जना पक्राउ

काठमाडौं : नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, सुवास पौडेल, दिलिपकुमार साह र राजेश लम्साल पक्राउ परेका हुन्।

सीआईबीले उनीहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ। प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

यातायात व्यवस्था विभागको छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको पाइएको छ।   

पछिल्लो १० वर्षमा ३५ वटा यातायात कार्यालयबाट १ लाख २ हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नदिइकनै लाइसेन्स लिएको देखिएपछि विभागले छानबिन गरेको थियो। सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा भएको कानुनी व्यवस्था पूरा नगरी गलत तरिकाबाट ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम’मा चलखेल गरी लाइसेन्स जारी भएको पाइएपछि छानबिन गरिएको थियो। सोही विषयलाई लिएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन गरिरहेको छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.