सत्ता समीकरणमा 'खटपट' छैन : प्रधानमन्त्री

सत्ता समीकरणमा 'खटपट' छैन : प्रधानमन्त्री
तस्बिर : अन्नपूर्ण

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले  वर्तमान सत्तासमीकरणमा खटपट नआएको बताएका छन् । बजेटका सन्दर्भमा सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको असन्तुष्टि सामान्य भएको बताउँदै प्रधानमन्त्री दाहालले समीकरण निरन्तर रहने बताए।

एमाले अध्यक्ष ओलीले सरकारको विरोध जनाएको प्रसंगमा दाहालले सामान्य भएको बताए । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी  गर्दै प्रधानमन्त्री दाहालले सत्तासमीकरणबारे बाहिर आएको कुरामा सत्यता नभएको दावी गरे । ‘ओलीजीले विरोध गर्नुभएको होइन ,गरे जस्तो मात्रै गर्नुभएको हो । त्यस्तो केही भएको छैन ,’उनले भने ,‘सत्ता समीकरणमा कुनै खटपट आएको छैन । कतिपय सन्दर्भमा मिडियामा आएका कुरामा सत्यता छैन । यो समीकरण राम्रैसँग अगाडि बढ्छ । ’

सरकारको गतिविधि चित्त बुझ्दो भएको बताउँदै आवश्यकता अनुसार अझ काम गर्न बाँकी रहेको बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रम जनता र राष्ट्रको पक्षमा आएको बताए ।  ‘ नीति तथा कार्यक्रम जनताको पक्षमा प्रस्तुत भएको छ । मलाई लाग्छ यो प्रतिनिधिसभाबाट राम्रैसँग पारित हुन्छ ,’दाहालले भने ,‘सुशासन ,सामाजिक न्याय र समृद्धिको क्षेत्रमा थुप्रै सकारात्मक पहल भएको छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझ गति दिन आवश्यक छ । ’ 

गोजिमा राजीनामा पत्र राखेर हिँडेको रास्वपाका मन्त्रीको भनाईलाई इंगित गर्दै प्रधानमन्त्री दाहालले त्यो पहिचानको लागि मात्रै भनेको जिकिर गरे। सरकारको निरन्तरतामा कुनै असर नभएको उनको भनाइ छ। ‘रास्वाले पहिचानको लागि भन्नैपर्ने आवश्यकता होला भन्ने बुझेको छु । त्यस्तो अरु केही छैन ,'उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.