वीरेन्द्रनगरलाई उपमहानगर बनाउनुपर्छ

वीरेन्द्रनगरलाई उपमहानगर बनाउनुपर्छ

वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी भएको नगरपालिका हो । यो विकासका पूर्वाधारका साथै अन्य मापदण्डका हिसावले उपमहानगर बनाउन तयार भइसकेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि हामीले यो विषयलाई प्रवेश गराएका थियौं । 

अहिले हामीले उपमहानगरपालिका बन्न आवश्यक मुख्य दुई मापदण्ड पूरा गरेको अवस्था छ । यहाँ जनसंख्या पनि पर्याप्त छ । राजस्व संकलनका दृष्टिले पनि राम्रो छ । वार्षिक २७ करोड चाहिनेमा यस वर्ष ४१ करोडको प्रक्षेपण गरिएको छ । झन् यो वर्षलाई राजस्व सुधारको वर्षका रूपमा लिएका छौं । राजस्वबाटै हामीले नगरको सबै चालु खर्च व्यवस्थापन गर्न सफल भएका छौं । वीरेन्द्रनगर आन्तरिक आयका हिसावले आत्मनिर्भर छ । संघ र प्रदेश सरकारले सकारात्मक सहयोग गरेको खण्डमा उपमहानगर घोषणाका लागि सबै मापदण्ड पूरा भइसकेको छ ।

कर्णाली प्रदेशभरि नै एउटा पनि उपमहानगर छैन । अन्य पालिका तत्काल उपमहानगर बन्न सक्ने अवस्थाका पनि छैनन् । तर, प्रदेश मुकामको वीरेन्द्रनगर नगरपालिका भने सबै हिसावले उपयुक्त छ । 

कर्णालीलाई सधैं रोग, भोक, अशिक्षा र विकटताले मात्र चिनाइयो । अब हामीले कर्णाली सुन्दर, विकसित र सम्भावनाको क्षेत्र हो भनेर पहिचान कायम गराउनु छ । त्यसका लागि प्रदेशको राजधानी राजनीतिक, आर्थिक तथा प्रशासनिक केन्द्रको रूपमा विकसित हुनु जरुरी छ । यहाँ पर्याप्त पूर्वाधार, सार्वजनिक सेवा प्रवाह, जनसंख्या सबै हिसावले वीरेन्द्रनगर अब्बल छ । 

अब वीरेन्द्रनगरलाई उपमहानगर घोषणा गरी संघ र प्रदेश सरकारले कर्णालीवासीलाई राजनीतिक तथा प्रशासनिक रूपमा थप सेवा सुविधा दिनुपर्छ । यो सवाल यहाँका नागरिकको अधिकारका रुपमा हामीले लिएका छौं । त्यसका लागि हामीले आवश्यक पहल पनि सुरु गरिसकेका छौं । 

(ढकाल वीरेन्द्रनगर नगरपालिका सुर्खेतकी मेयर हुन् ।) 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.