करणले बर्दियामा दर्शकलाई छमछमी नचाए

करणले बर्दियामा दर्शकलाई छमछमी नचाए
बर्दियाको गुलरियामा आयोजित सांगीतिक साँझमा गीत प्रस्तुत गर्दै नेपाल आइडलका फाइनललिस्ट करण परियार। तस्बिर : यादव आचार्य

गुलरिया : नेपाल आइडलको पाँचौं संस्करणको फाइनललिस्टमा परेपछि गृह जिल्ला बर्दिया आएका करण परियारले सदरमुकाम गुलरियास्थित राधाकृष्ण चोकमा आयोजित सांगीतिक साँझमा दर्शकलाई नचाएका छन्। गर्मीको पारो चढिरहेको बर्दियामा करणको सुमधुर स्वरले सांगीतिक पारो बढायो। खचाखच भरिएको दर्शकको भिडलाई ननाची सुखै भएन।

‘उकाली ओराली गर्दै’ गीतको बोलबाट गायन सुरु गरेका करणले ‘माया नै माया छ’, ‘अल्झेछ क्यारे पछ्यौरी’ लगायतका आधा दर्जनभन्दा बढी सुमधुर गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पारे। उनी एउटै स्टेजबाट हजारौं भोट पाउन सफल बने। बर्दियामा पहिलोपटक स्टेज प्रोग्राममा प्रस्तुति देखाउन पाउँदा परियारले खुसी व्यक्त गर्दै आफूलाई विजेता बनाउन अनुरोध गरेका छन्। बर्दियाको विपन्न परिवारमा जन्मेका करणलाई नेपाल आइडलको प्रतिस्पर्धामा छनोट हुँदै गर्दा जिल्लावासी उत्साहित छन्। 

उनलाई नेपाल आइडल सिजन पाँचको विजेता बनाउन बर्दियामा स्वतःस्फुर्त रूपमा अभियानसमेत सुरु भएको छ । नेपाली टेलिभिजन इतिहास र नेपाली सांगीतिक इतिहासकै ठूलो फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करणको विजेता बनाउन जिल्लामा सबै तह र तप्काहरू लागिपरेका छन्।

पारिवारिक अवस्था नाजुक भए पनि विपन्न परिवारका करणले सांगीतिक क्षेत्रमा बर्दियाको नाम चिनाएको भन्दै जिल्लावासी उत्साहित भएका हुन्। एपीवान टेलिभिजनवाट प्रसारण हुँदै आएको नेपाल आइडलको असार १० गते हुने फाइनल अडिसनमा करणलाई जिताउन यतिबेला बर्दियालीहरू एकजुट भएर भोट मागिरहेका छन्।     

नेपाल आइडल सिजन पाँचको टप ४ फाइनललिस्टमा पर्न सफल भएसँगै शुक्रबार गृह जिल्ला बर्दिया आएका करणलाई स्वागत गर्न नेपालगन्ज एयरपोर्टमै आफन्त र शुभेच्छुकहरूको भिड लागेको थियो। बारबर्दिया नगरपालिकाका उपमेयरसहितको टोलीले एयरपोर्टमा स्वागत गरेसँगै जिल्लाका विभिन्न स्थानमा ‘करण परियार जिताऊ अभियान’का कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। कार्यक्रमअन्तर्गत भोट गर्न बर्दियालीहरू उत्साहित भएको र यो उत्साहले यसपालिको नेपाल आइडल करण बन्नेमा आफूहरू ढुक्क भएको करणका काका राजु परियारले विश्वास व्यक्त गरे।

नेपाल आइडलको फाइनललिस्टमा परेसँगै करण बर्दिया जिल्लाको शान हो भन्दै जिल्लाका आठवटै पालिकाका चोक चौराहमा सांगीतिक कार्यक्रमसहित भोट अपिलका लागि विभिन्न क्रियाकलाप गरिरहेको नागरिक समाज सञ्जाल बर्दियाकी संयोजक हेमा सुनारले बताइन्। उनले भनिन्, ‘करणलाई सबैले मिलेर जिताउनु पर्छ।’ विपन्न परिवारबाट उदाएका कलाकारलाई गन्तव्यमा पुर्‍याउनुपर्छ भन्दै सबै यस अभियानमा लागेका छन्।

‘नेपाल आइडलको सिजन पाँचको टप फोरमा पर्न सफल भएका करणलाई यहाँसम्म पुर्‍याउन सबैले सहयोग गर्‍यौं। अब अन्तिम गन्तव्यमा पनि सहयोग गरौं’, स्थानीय विष्णु विकले भनिन्। 

बर्दियाको बारबर्दिया नगरपालिका— ४ का करणको घरको आर्थिक अवस्था निकै कमजोर छ। पारिवारिक अवस्था नाजुक भए पनि सांगीतिक क्षेत्रमा उनको भविष्य राम्रो छ। करण फाइनललिस्टमा छनोट भएपछि घर परिवार र आफन्त मात्र होइन सिंगो जिल्लावासीमा खुसीयालीको माहोल रहेकाले उनलाई जिताउन विकले आग्रह गरिन्। करणले बर्दियाका आठवटै पालिकामा पुगी भोट मागेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.