संसद सचिवालयका कर्मचारीसँग सभामुख र अध्यक्षले गरे छलफल

संसद सचिवालयका कर्मचारीसँग सभामुख र अध्यक्षले गरे छलफल

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा छलफल गरेका छन्।

सिंहदरबारमा घिमिरे र दाहालले विभिन्न दलका मुख्य सचतेकसहित कर्मचारीहरू आन्दोलनका विषयमा छलफल गरेका हुन्। सो क्रममा उनीहरू कर्मचारीको माग सकारात्मक भएकाले सम्बोधनका लागि पहल गर्ने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए। कर्मचारीहरूले भने लिखित प्रतिबद्धता नआएसम्म आन्दोलन जारी राख्ने जानकारी गरएका थिए। 

छलफल कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदमा काम गर्ने समय यकिन नभएकाले सोही अनुसारको कर्मचारीको सेवा सुविधा उपलव्ध हुनुपर्नेमा एकमत रहेको जानकारी दिए। उनले संसद सञ्चालन गर्नको लागि सरकारले आवश्यक अर्थको व्यवस्था गर्नुपर्ने बताए।

त्यस्तै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीको मागका विषयमा अर्थमन्त्रालयसँग छलफल गर्ने बताए। कर्मचारीहरूले उठाएको न्यायोचित मागलाई पूरा गर्नुपर्ने भन्दै उनले सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

त्यस्तै संसद सचिवालय, आधिकारिक कर्मचारी युनियनका अध्यक्ष गोविन्द प्रसाद बेल्बासेले आफूहरूको मागप्रति गम्भीररूपमा छलफल भए पनि कुनै सहमति हुन नसकेको बताए। आफूहरूले छलफल र आन्दोलनलाई निरन्तररूपमा अघि बढाउने उनले बताए। अतिरिक्त समयमा गरेको कामको भत्ता पाउनुपर्ने लगायतको ११ बुँदे माग राखेर संसदका कर्मचारीहरू आन्दोलनरत छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.