दोलखामा स्थानीय तहले खाना र खाजामा २ करोड बढी सके

दोलखामा स्थानीय तहले खाना र खाजामा २ करोड बढी सके

दोलखा : जिल्लाको स्थानीय तहले एक वर्षमा खाना र खाजामा दुई करोड भन्दा बढी खर्च गरेका छन्। महालेखाको वार्षिक प्रतिवेदन अनुसार जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाले खाना र खाजा शीर्षकमा दुई करोड ७ लाख ६७ हजार २ सय ७० रुपैयाँ सकाएका हुन्। सबैभन्दा बढी विगु गाउँपालिकाले खर्च गरेको छ। यस गाउँपालिकाले एक वर्षमा ४७ लाख ९८ हजार ५९६ रुपैयाँको खाना तथा खाजामा खर्च गरेको छ।

त्यसैगरी तामाकोशी गाउँपालिकाले ३१ लाख ६० हजार ३७८, बैतेश्वर गाउँपालिकाले २७ लाख १६ हजार ९१२, भीमेश्वर नगरपालिकाले २२ लाख ४६ हजार ४४३, गौरीशंकर गाउँपालिकाले २० लाख ३१ हजार ५९८, शैलुङ गाउँपालिकाले १९ लाख १३ हजार ५३, मेलङ गाउँपालिकाले १७ लाख ८ हजार ८२८, कालिञ्चोक गाउँपालिकाले १२ लाख ९१ हजार ४६२ र जिरी नगरपालिकाले ९ लाख रुपैयाँ खर्च गरेको छ। 

जनप्रतिनिधिहरूले मासिक रुपमा अतिथि सत्कार,खाजा खर्च, सञ्चार खर्च, समन्वय खर्च लगायतका सुविधा लिँदै आएकोमा दोहोरो खर्च देखिएको हो। पालिकाको  कर्मचारीका लागि मात्र नभई अन्य गाउँपालिकाबाट विभिन्न कार्यक्रममा आएका कर्मचारीहरूलाई व्यवस्थापन गर्दा खर्च भएको हुन सक्ने विगु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद रिजालले बताए। ‘हाम्रोमा बाहिरबाट आउने धेरै हुन्छन्। विगु (पालिका कार्यालय) राजनीतिक अड्डा हो। यहाँ थुप्रै किसिमका पाहुनाहरू आउने र उनीहरूको स्वागतदेखि खाना, खाजामा खर्च गर्नुपर्ने भएको हुँदा बढी खर्च भएको हामीले पनि महसुस गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृतले भने।

    
कर्मचारीले खाएको खाजा खाना खर्च बाहेक विविध खर्च पनि हुने भएकाले बढी देखिन आएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद शर्माले बताए। भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले महालेखाको प्रतिवेदनमा आएको कुराको विषयमा समीक्षा गर्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.