प्रतिनिधिसभाको बैठक बस्दै,कुन-कुन मन्त्रालयका विनियोजन विधेयकमाथि छलफल हुँदैछ ?

प्रतिनिधिसभाको बैठक बस्दै,कुन-कुन मन्त्रालयका विनियोजन विधेयकमाथि छलफल हुँदैछ ?

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। संसद् सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संसद भवनमा आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो। बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल जारी रहने कार्यसूचीमा उल्लेख छ।

सम्भावित कार्यसूची अनुसार आज गृह मन्त्रालय,परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

विधेयकमाथि मन्त्रीहरुले जवाफ दिनुअगाडि संशोधन प्रस्ताव राखेका सांसदहरुले खर्च कटौतीको प्रस्ताव राख्नेछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.