सेवा सुविधा वृद्धिको माग गर्दै संसद् सचिवालयका कर्मचारीले गरे संसद भवनमा प्रदर्शन

सेवा सुविधा वृद्धिको माग गर्दै संसद् सचिवालयका कर्मचारीले गरे संसद भवनमा प्रदर्शन

काठमाडौं : तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा वृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्। उनीहरुले मंगलबार संसद भवनमा कालो पट्टी बाधेर विरोध प्रदर्शन गरेका छन्। 

कर्मचारीको आन्दोलनका कारण केहिबेर प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारणमा समेत असर परेको थियो। असार ७ गतेसम्म माग सुनुवाइ नभए त्यसपछि तेस्रो चरणको आन्दोलन थाल्ने उनीहरूको घोषणा छ।

संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने लगाएतका माग पुरा नभएसम्म आन्दोलन जारी रहने संसद सचिवालय, आधिकारीक कर्मचारी युनियनका अध्यक्ष गोविन्द प्रसाद बेल्बासेले बताए।

उनीहरुले संघीय संसदका पदाधिकारीहरू तथा सदस्यहरूको तलबमानमा मर्यादाक्रम अनुसार समयानुकूल संशोधन गरिनु पर्ने तथा समिति तथा उपसमिति बैठक सञ्चालन कार्यविधिलाई समयानुकूल बनाउनु पर्ने, सचिवालयमा कार्यरत करारका कर्मचारीहरूलाई बजेट प्रोत्साहन तथा नेपाल सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने लगाएतमा माग समेत अघि सारेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.