सहकारी छानबिन विशेष समितिको बैठक जारी

सहकारी छानबिन विशेष समितिको बैठक जारी

काठमाडौं : सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको बैठक जारी रहेको छ। आइतबार बसेको समितिको बैठकमा सहकारी बचत रकम अपचलनको बारेमा कसरी छानबिन गर्ने भन्ने कार्यविधि पारित गरेपछि आजबाट थप छलफल अगाडि बढाइएको छ।

समितिका एक सदस्यका अनुसार आजको बैठकमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्डका प्रतिनिधिसँग छलफल भइरहेको छ। null

यस अगाडिको बैठकमा सहकारी विभाग र सहकारी बोर्डसँग कागजपत्र मगाएर २९ वटा समस्याग्रस्त सहकारीको छानबिन सुरु गर्ने सहमति जुटेको थियो। सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको छ। 

गत जेठ १५ गते गठन भएको समितिमा सांसदहरु इश्वरीदेवी न्यौपाने (कांग्रेस), ध्रुवबहादुर प्रधान (राप्रपा), बद्रीप्रसाद पाण्डे (कांग्रेस), लेखनाथ दाहाल (माओवादी केन्द्र), शिशिर खनाल (रास्वपा), सरिता भुषाल (एमाले), सूर्यबहादुर थापा क्षेत्री(एमाले) रहेका छन्। समितिलाई तीन महिनाभित्र कार्यसम्पन्न गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.