आमाहरुलाई कुखुराको चल्ला वितरण

आमाहरुलाई कुखुराको चल्ला वितरण

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले वडा नम्बर ३ मा रहेको हैबुङका ३६ जना आमाहरूलाई कुखुराको चल्ला वितरण गरेको छ।

आयआर्जन वृद्धि र पोषण सुधारका लागि नगरपालिकाले हैबुङ महिला विकास बचत तथा ऋण सहकारी संस्था समन्वय गरी सुनौला हजार दिने आमाहरूलाई कुखुराको चल्ला वितरण गरेको हो। 

आमाहरुलाई कुखुराको चल्ला वितरण गर्दै मेलम्ची नगरपालिकाको उपप्रमुख उमा प्रधानले आयआर्जनमा वृद्धि गर्दै आमा र बच्चालाई पोषण सुधारमा सहयोग गर्ने भएको हुँदा यसको संरक्षणमा लाग्न अनुरोध गरिन्।

‘सुनौला हजार दिनका आमाहरूको पोषण सुधार गरी महिलाहरूको जीविकोपार्जन आर्थिक उपार्जनमा सहयोग पुर्‍याउन हामीले कुखुरा वितरण गरेका हौं’, उनले भनिन्, ‘यसको संरक्षण गरी यहाँहरुले आयआर्जनमा प्रयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं।’

उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै महिलाहरुको जीविकोपार्जनमा सहयोग गर्ने बताइन्। सो कार्यक्रममा वडाध्यक्ष कुमार बन्जाराले वडामा बहुसंख्यक रूपमा जनजाति बसोबास रहेको र यहाँको मुख्य आम्दानी कृषि र पर्यटन रहेकाले अबका दिनमा आयआर्जनलाई प्राथमिकता दिने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.