८ सय बढी शिक्षकले राजनीतिक आबद्धता त्यागे : शिक्षामन्त्री श्रेष्ठ

८ सय बढी शिक्षकले राजनीतिक आबद्धता त्यागे : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउने एजेण्डालाई प्रभावकारी बनाइने बताएकी छन्।

आफ्नो कार्यकालको १०० दिनमा भएका काम र भाबी योजनाका बारेमा जानकारी दिन मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले आफू अन्तिमसम्म पनि शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउने एजेण्डा कार्यान्वयन गर्न लागिपर्ने बताइन्।

अहिलेसम्म ८ सय भन्दा बढी शिक्षकहरुले राजनीतिक आबद्धता त्यागे पनि चित्तबुझ्दो भने नरहेको उनको भनाइ छ। उनले यसलाई प्रभावकारी बनाउन निर्वाचन आयोगसँग तथ्यांकसमेत मागेको बताइन्। 

मन्त्री श्रेष्ठले काजमा गएका कर्मचारीको तथ्यांक नरहेको र पालिकामा समेत शिक्षकहरूलाई राखिएको अवस्थामा त्यसलाई व्यवस्थित पार्ने काम सुरु गरिसकेको बताइन्। शिक्षा सेवा नियमावली अन्तिम चरणमा पुगेको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन खोजिएको उनले बतान्।

मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको सुधारका लागि गरिएका अध्ययन प्रतिवेदनको अध्ययन गर्ने र सकारात्मक सुधारका सुझावलाई ग्रहण गर्ने जिकिर गरिन्। विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनका लागि संसदीय समितिमार्फत पहल भइरहेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.