मध्यपहाडी लोकमार्गमा पहिरो खस्दा ट्रक पुरियो, राजमार्ग अवरुद्ध

मध्यपहाडी लोकमार्गमा पहिरो खस्दा ट्रक पुरियो, राजमार्ग अवरुद्ध

सिन्धुली : मध्यपाहाडी लोक‍मार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुँडुलेमा पहिरो खस्दा एउटा ट्रक पुरिएको छ भने राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दाराज काफ्लेका अनुसार बुधवार बिहान सडक माथिबाट लेदोसहित खसेको पहिरोले प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो ।

पहिरोमा ट्रक चालक पर्सा परवानीपुरका वर्ष २५ का रोशन पटेल भने सकुशल रहेका छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा पुरिएको ट्रक निकाल्न पहिरो पन्छाउने काम सुरु गरिएको काफ्लेको भनाइ छ । पहिरोका कारण दुईतर्फी यातायात अवरुद्ध भएको छ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका ६ अक्करेभिर, वडा नम्बर ३ को काली आँप डाँडा, फिक्कल गाउँपालिका २ सुम्नामबेसीमा समेत पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

यातायात अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग खुलाउन यान्त्रिक कार्यालय मूलकोट र गोलन्जोर गाउँपालिकाको सहयोगमा एक्स्काभेटर मगाएर पहिरो पन्छाउने काम सुरु गरिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.